- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
राष्ट्रिय गौरबको कालीगण्डकी करिडोर प्रशारण लाईनको खुर्कोट स्थित सवस्टेशनको निर्माणकार्य शुरु,
राष्ट्रिय गौरबको कालीगण्डकी करिडोर प्रशारण लाईनको खुर्कोट स्थित सवस्टेशनको निर्माणकार्य शुरु,
पर्वत, १६ असोज
पर्वत, म्याग्दी र मुस्ताङ्गमा निर्माणधिन जलबिद्युत आयोजनाबाट उत्पादित बिद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने राष्ट्रिय गौरबको कालीगण्डकी प्रसारण करिडोर आयोजनाको काम शुरु भएको छ । आयोजनाकोे २२० केभी क्षमताको पर्वतको खुर्कोट देखि म्याग्दीको दाना खण्डको काम शनिबार देखि शुरु भएको हो । आयोजनाको पर्वतको खुर्कोट स्थित २२०÷१३२÷३३ केभी सबस्टेशनको निर्माणकार्य औपचारिक रुपमा शुरु भएको आयोजनाले जनाएको छ ।
पर्वतको कुश्मा नगरपालिका ४ खुर्कोट स्थापना हुने सवस्टेशनको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले शिलन्यास गर्नभएको छ । आयोजनाले निर्माण थालेको प्रसारण करिडोरको पर्वतको खुर्कोट देखि म्याग्दीको दाना खण्ड ३९ किलोमिटर लामो हुने छ । बिद्युत प्रसारण लाइनका साथै सबस्टेसन निर्माणका लागि २ अर्ब ६० करोड खर्च हुने आयोजनाका प्रमुख चन्दनकुमार घोषले जानकारी दिनुभएको छ । एसियाली विकास बैंकको सहयोगमा सञ्चालित कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाको खुर्कोट – कुस्मा खण्डको काम २८ महिनामा सम्पन्न गर्ने गरी शुरु भएको छ । तोकिएकै समयमा काम सम्पन्न गर्ने गरी निर्माण कार्यको थालनी भएको प्रमुख घोषले बताउनुभयो ।
आयोजनाको खुर्कोट –दाना प्रसारण लाईन तथा खुर्कोट र दाना सबस्टेशनको कामको ठेक्का भारतीय कम्पनी टाटा प्रोजेक्ट एन्ड चिन्ट इलेक्ट्रिक जेभीले लिएको छ । आयोजना र ठेकेदार कम्पनीबीच मे ३० २०१६ मा सम्झौता भएको थियो । विसं २०७५ साउनमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिनेछन् । खुर्कोट देखि दाना सम्म १ सय १० वटा टावर रहने छन ।
म्याग्दीमा निर्माणाधिन अवस्थामा रहेका १४ मेगावाट क्षमताको थापाखोला, ४ मेघावाटको घलेम्दीखोला, ४२ मेघावाटको मिस्त्रीखोला निर्माणाधीन अवस्थामा छन् भने ४० मेघावाटको राहुघाटलगायत दर्जनौँ आयोजना निर्माणको चरणमा छन् । सबस्टेसन निर्माणका लागि दानामा सय र खुर्कोटमा १ सय ५६ रोपनी जग्गा अधिग्रहण भएको छ भने नवलपरासीमा पनि पनि सबस्टेशनका लागि जग्गा अधिग्रहण सकिएको आयोजना प्रमुख चन्दनकुमार घोषले बताए ।
खुर्कोट देखि पर्वत, स्याङ्गजा, पाल्पा र रुपन्देही सम्मको प्रसारणलाईनका लागि जग्गा अधिग्रहणको प्रकृया शुरु भएको उनले बताए । कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाले कालीगण्डकी र सहायक नदीमा जलविद्युत् विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।