ताजा अपडेट :

पर्वतमा माटो परिक्षण प्रयोगशाला स्थापना

पर्वतमा माटो परिक्षण प्रयोगशाला स्थापना
    पर्वत १५ असोज
    
समयसमयमा खेतवारीको माटोको उपचार गर्न नसक्दा उत्पादनमा गिरावट आउने गरेको कृषकहरुको गुनासो आएपछि पर्वतमै माटो परिक्षणका लागि प्रयोगशाला स्थापना गरिएको छ । जिल्ला कृषि विकास कार्यालय पर्वतले पहिलोपटक जिल्लामै प्रयोगशाला स्थापना गरेको हो । चालु आर्थिक वर्षको कार्यक्रम अन्तर्गत प्रयोगशालाका लागि आवश्यक उपकरण र जनशक्ति तयार गरेर प्रयोगशाला संचालन गरिएको बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले जानकारी दिनुभयो । उहाँका अुनसार कार्यालयकै कृषि प्राविधिकहरुलाई माटो परिक्षण सम्वन्धि तालिम दिएर दक्ष बनाइएको छ भने प्रयोगशालाका लागि आवश्यक झण्डै पाँच लाख रुपैया बराबरको मेशिन समेत खरिद गरिएको छ । त्यसैगरी माटो परिक्षण गर्न उपयोग हुने केमिकल समेत खरिद गरिएको छ ।


शुरुमा कार्यालयकै भवनबाट परिक्षण सेवा शुरु गर्ने र प्रयोगशालाका लागि छुट्टै भवन निर्माण गर्ने तयारी पनि भैरहेको बरिष्ठ कृषि विकास अधिकृत रेग्मीले जानकारी दिनुभयो । प्रयोगशाला नहुँदा यस अघि पोखरामा रहेको क्षेत्रीय माटो प्रयोगशालाबाट प्राविधिक र विज्ञहरु बोलाएर विभिन्न गाउँमा शिविर संचालन गर्नुपर्ने अवस्था रहेको थियो । अब भने जिल्लाका जुनसुकै क्षेत्रका कृषकले पनि सहज रुपमा कार्यालयमै आएर माटो परिक्षण गर्न पाउने भएका छन् ।


बाहिरवाट प्राविधिक बोलाएर शिविर संचालन गरेर माटो जाँच गर्दापनि त्यति प्रभावकारी बन्न सकेको थिएन अब जिल्लामै संचालन भएपनि कृषकहरु बढि मात्रामा लाभान्वित हुने भएका छन् रेग्मीले भन्नुभयो । प्रयोगशालाका लागि आवश्यक जनशक्ति समेत तयार भैसकेको छ । कम बजेटमा सवै कृषकहरुलाई सेवा दिने उद्धेश्यले जिल्लामै प्रयोगशाला स्थापना गरेका हौ कार्यालयका प्राविधिक रामकृष्ण अर्यालले भन्नुभयो सदरमुकामसम्म आउन असहज हुने गाविसका बासिन्दाहरुलाई स्थानियस्तरमै पुगेर पनि जाँच गर्न सक्नेछौ ।


बर्षको एक पटक नियमित रुपमा माटो परिक्षण गर्न सकेमा खेतवारीको उत्पादकत्वमा बृद्धि गर्न सकिने र माटोको उपचार पनि गर्न सकिने अर्यालले जानकारी दिनुभयो ।

 

 

 

प्रमुख समाचार

भिडियो संग्रह