ताजा अपडेट :

अझै खुलेनन् पर्वतका ग्रामीण सडक मौसम कुर्दै जिविस

अझै खुलेनन् पर्वतका ग्रामीण सडक मौसम कुर्दै  जिविस
        असोज १२ पर्वत   
नेपालीहरुको महान पर्व बिजयादशमी आउन अब एकसाता मात्रै बाँकी रहेपनि पर्वतका ग्रामीढा सडक अझै खुल्न सकेका छैन ।
        दशै आगाबै जिल्लाका २४ वटा ग्रामीण सडक मर्मत गर्नेगरी जिल्ला विकास समितिले टेण्डर आव्हान गरेपनि अझै मर्मत कार्य शुरु नभएको हो । वर्षायाममा बाढि पहिरोका कारण अवरुद्ध भएका सडकहरु दशै अगावै संचालन गर्नका लागि साढे १५ लाख रुपैयामा टेण्डर आव्हान भएको थियो । जसमध्ये झण्डै २० प्रतिशत घटेर विभिन्न ठकेदारहरुले टेण्डर लिएपनि अझै सम्झौता गर्नका लागि नआएको जिल्ला विकास समितिले जनाएको छ ।

        टेण्डर परेरका ठेकेदारहरुलाइ सम्झौता गर्नका लागि तीन दिने पत्र काट्ने तयारी भैरहेको र सम्झौता पछि लगत्तै मर्मत कार्य शुरु हुने जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर महेन्द्र बाँनीयाले जानकमारी दिए । उनक अनुसार मौसममा सुधार आएमा दशै अगावै र वर्षा भैरहेका दशै पछि मात्र मर्मत कार्य गरिने भएको छ । वर्षा भैरहेको खण्डमा मर्मत गरेको सडकमा लामो समय सवारीसाधन चलाउन नसकिने भएकाले वर्षा रोकिएपछि मात्र सडक मर्मत कार्य गर्ने तयारी भएको छ बाँनियाले भने ।

        यतिवेला दशै तिहार मनाउनका लागि गाउँ फर्कनेहरुको चहपहल बढ्न थालेको छ । भने ग्रामीण क्षेत्रमा चाडवाडका लागि आवश्क मालसामान समेत ढुवानी गर्नुपर्ने बेला भएपनि सडक मर्मतमा ढिलाई हुँदा समस्या सिर्जना भएको हो ।

जिल्ला विकास समितिवे सदरमुकाम कश्माबजारबाट सवै गाविसमा पुग्न सकिने २४ वटा सडकलाई छनौट गरी दशै अगावै संचालन गर्ने तयारी गरिरहेको छ । वर्षायाममा सडकमा पहिरो गएर पुरीएका वा बाढीले बगाएका ठाउँहरुमा सामान्य मर्मत गरी यातायात सुचारु गर्न सकिने सडकहरुलाई छनौट गरि टेण्डर खोलिसकिएको छ ।

 

प्रमुख समाचार

भिडियो संग्रह