ताजा अपडेट :

फरार आठ अभियुक्त पक्राउ

फरार आठ अभियुक्त पक्राउ

    असोज १२ पर्वत

जिल्ला प्रहरी कार्यालय पर्वतले जिल्ला अदालत पर्वतबाट सजाय सुनाएर फरार रहेका अभियुक्तलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको विशेष टोलीले विभिन्न मितिमा सजाय सुनाइएका ५ जना व्यक्तिलाई सोमबार नियन्त्रणमा  लिएको हो ।
नियन्त्रणमा लिएका व्यक्ति मध्ये चोरी मुद्धामा २०६९ मा ३ बर्ष १० दिन कैद सजाय सुनाइएका तिलाहार ७ का सन्तोष लामिछाने, चोरी मुद्धामा नै २०७१ सालमा १ महिना १५ दिन कैद सजाय सहित ५५ हजार ६ सय जरिवाना सुनाइएका तिलाहार ६ का अनिल किसान रहेका छन् । त्यस्तै  सार्वजनिक अपराधमा संलग्न क्याङ ९ का मिलन पुन, तिलाहार ९ का राजेन्द्र हमाल र बाजुङ १ का भरत बहादुर पौडेललाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।


        पर्वत जिल्ला अदालतको फैसलाले पौडेल र हमाललाई जनही ५ हजार जरिवानाको फैसला गरेको थियो भने पुनलाई १ हजार जरिवाना तोकेको थियो ।
    त्यस्तै तिलाहार–४ का राम व नेपाली    सोहि ठाउँका मिलन वहादुर परियार र तिलाहार–७ का भरत लामिछानेपनि मंंगलवार पक्राउ परेको प्रहरीले जनाएको छ ।
        

पर्वतमा करिव १ महिना अघि आउनुभएका प्रहरी नायव उपरिक्षक शेखर खनालले फरार अभियुक्त नियन्त्रण कार्यलाई तिब्रताका साथ अघि बढाउने बताउनुभयो । अहिले पर्वत जिल्ला अदालतले विभिन्न मितिमा फैसला गरेर कार्बाही सुनाइएका तीन सय ३८ जना व्यक्तिहरु अझै पनि फरारको सूचीमा रहेका छन् । जसमध्ये १४ जना जन्मकैदको फैसला सुनाइएको अभियुक्तहरु छन् । फरार व्यक्तिहरुबाट सात सय आठ बर्ष दुई महिना १८ दिन कैद सजाय र छ करोड ५४ लाख ३४ हजार चारसय ८५ रुपैँया दण्ड जरिवाना असुल उपर हुन बाँकी रहेको अदालतको तथ्यांक छ ।
    यो तथ्यांक सार्वजनिक भएपछि पहिलोपटक प्रहरीले सोमबार ५ जना व्यक्तिबाट फैसला असुल उपर गर्न सफल भएको हो ।

प्रमुख समाचार

भिडियो संग्रह