- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
मुस्ताङबाट ४५ हजार भेडा च्याङ्ग्रा बाहिरिँदै
मुस्ताङबाट ४५ हजार भेडा च्याङ्ग्रा बाहिरिँदै
असोज ११ मुस्ताङ
नेपालीहरुको महान पर्व वडादशै र तिहारलाई लक्षित गरि हिमालपारिको जिल्ला मुस्ताङबाट ४५ हजार भेडा च्याङग्रा बाहिरिने भएका छन् ।
जिल्ला पशु सेवा कार्यालय मुस्ताङका अनुसार यस वर्ष जिल्लाबाट मात्रै ४५ हजार संख्यामा भेडा च्याङग्रा बाहिरिने भएका हुन् ।
प्रत्येक वर्ष दशै तिहारको अघि जस्तै यस बर्ष पनि दशै“ तिहारका लागि मुस्ताङ जिल्लाबाट भेडा च्याङग्रा बहिरिएका हुन । मुस्ताङबाट म्याग्दी, पर्वत, बागलुङ, पोखरा काठमाण्डौ, तनहुँ लगायतका जिल्लामा भेडा च्याङग्रा विक्रि हुने गरेका छन् ।
हिमाली भेगमा हुर्केका भेडा च्याङग्राको मासु स्वादिलो हुने भएकाले देशका विभिन्न बजारमा यसको माग उच्च रहेको छ । अहिले सामान्यतया २० देखि ४० किलोग्रामका च्याङ्ग्रा बजारमा गएको र एउटाको मूल्य न्यूनतम १५ हजारदेखि ३० हजारसम्म पर्ने गरेको जिल्ला पशुसेवा कार्यालय मुस्ताङका प्रमुख नन्दलाल बर्माले जानकारी दिए । ती मध्ये ३० हजार भन्दा बढि च्याङ्ग्रा रहेका छन् भने झण्डै १५ हजारको संख्यामा भेडा रहेका छन् । उपभोक्ताहरुले भेडा भन्दा च्याङ्ग्राकै माग बढि गर्ने भएकाले च्याङ्ग्राको संख्या बढि भएको हो ।
विगतका बर्षहरुमा तिब्बतबाट समेत भेडा, च्याङग्रा आउने गरेको भएपनि यस वर्ष जिल्लाकै उत्पादनले पुग्ने भएकाले बाहिरबाट ल्याउन रोक लगाएको बर्माले बताए । गत बर्षको तुलनामा यस बर्ष भेडा च्याङग्राको मूल्यमा समेत बृद्धि भएको छ । गत बर्ष १५ हजारमा च्याङग्रा विक्री हुँदै आएकोमा यस वर्ष भने व्यापारिहरुले मुस्ताङमै २० हजारमा विक्रि गर्दै आएका छन् ।
जिल्ला पशु सेवा कार्यालय मुस्ताङका अनुसार ४५ हजार भेडाच्याङ्ग्रा निकासीका लागि उनिहरुको स्वास्थ्य परिक्षण समेत भैरहेको छ । जिल्लाका विभिन्न गाविसका कृषकले पालेका भेडाच्याङ्ग्राको गोठमै पुगेर वा विभिन्न पशु सेवा कार्यालयमार्फत स्वास्थ्य परिक्षण गरिएको कार्यालय प्रमुख बर्माले जानकारी दिए ।
सोह्रश्राद्ध सकिनै लाग्दा विभिन्न जिल्लाबाट भेडा च्याङग्रा खरिदका लागि मुस्ताङ पुग्ने व्यापारीहरुको सख्या समेत बढ्दै गएको छ । म्याग्दी, बागलुङ, पर्वत, पोखरा लगायतका जिल्लाबाट व्यापारिहरु मुस्ताङ पुगेका हुन् ।
वर्षेनी वडादशैका लागि चीनबाट समेत आउने भेडा च्याङग्रा यसपटक आउन नसकेपछि अभाब हुने देखिएको छ ।