- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
टेलिफोनमा रु डेढ करोड
टेलिफोनमा रु डेढ करोड
असोज १० म्याग्दी
जिल्लावासीले मोबाइल र टेलिफोनमा कुराकानी गर्न मासिक करिब डेढ करोड खर्चने गरेका छन् । नेपाल टेलिकम, बेनीले सङ्कलन गर्ने टेलिफोन महसुल र बिक्री भएको रिचार्ज कार्डको विवरण अनुसार म्याग्दीवासीले मोबाइल र टेलिफोनमा कुरा गर्न मासिक रु एक करोड ३५ लाख खर्च गरेको पाइएको हो । टेलिकम र एनसेलको अधिकृत बिक्रेताले मासिक एक करोड रु १५ लाख बराबरको रिचार्ज कार्ड बिक्री हुने गरेको बताएका छन् । टेलिकम, म्याग्दीले मासिक रु २० लाखको हाराहारीमा टेलिफोन महसुल सङ्कलन गर्छ । यो तथ्याङ्क पोखरा र बागलुङबाट ल्याएर बिक्री हुने रिचार्ज कार्ड बाहेकको हो ।
ग्रामीण क्षेत्रमा मोबाइल सेवा विस्तार हुने क्रमसँगै रिजार्च कार्डको बिक्री पनि बढेको नमस्ते टे«ड बेनीका सञ्चालक केशवराज आचार्यले बताउनुभयो ।
सौर्य सडक बत्ती जडान सुरु
असोज १० बागलुङ
बागलुङ नगरका सडकलाई चौबिसै घन्टा उज्यालो राख्न सौर्य सडक बत्ती जडानको काम सुरु भएको छ । स्थानीय विकास मन्त्रालय, बागलुङ नगरपालिका र उपभोक्ताको संयुक्त लगानीमा सौर्य सडक बत्ती जडानको काम अघि बढेको हो । पहिलो चरणमा नगर क्षेत्रमा एक सय ६९ वटा सौर्य बत्ती जडान गरिने बागलुङ नगरपालिका कार्यालयले जनाएको छ ।
चारवटा उपभोक्ता समिति बनाएर काम अघि बढाइएको कार्यालयका सामाजिक विकास शाखा प्रमुख भीमसेन पन्तले बताउनुभयो । बजार क्षेत्रमा पर्ने वडा नं १, २ र ३ मा कात्तिक मसान्तभित्रमा बत्ती जडान भइसक्ने उहाँको भनाइ छ । दसैँ अगावै एउटा उपभोक्ता समितिको क्षेत्रभित्र बत्ती बालिसक्ने योजना बनाइएको छ । अहिले बत्ती जडानका लागि खम्बा गाड्ने काम धमाधम भइरहेको जनाइएको छ । सबैभन्दा बढी वडा नं २ मा ७४ वटा खम्बा गाडिएका छन् । वडा नं ३ मा ५२ र १ मा ४३ वटा खम्बा गाडिएको जनाइएको छ । कुल एक करोड ८० लाख रुपैयाँको परियोजनामा स्थानीय विकास मन्त्रालयको ६५, बागलुङ नगरपालिकाको २० र उपभोक्ताको १५ प्रतिशत लगानी छ ।
समृद्ध र सुरक्षित बागलुङ नगरको लक्ष्यलाई सौर्य सडक बत्तीले टेवा पुग्ने बागलुङ नगरपालिका कार्यालयका योजना अधिकृत युक्तप्रसाद सुवेदीले बताउनुभयो । उहाँका अनुसार उपभोक्ताबाट थप चार सय सडक सौर्य बत्ती माग भएको छ । दोस्रो चरणको कार्यक्रममा उक्त मागअनुसार सौर्य बत्ती जडानको कामलाई विस्तार गरिने उहाँको भनाइ छ । “अहिलेको एक सय ६९ र थप माग भइआएको चार सय बत्ती जडान हुँदा नगरको बजार क्षेत्र पूरै ‘कभरेज’ हुन्छ”, अधिकृत सुवेदीले भन्नुभयो । उपभोक्ताबाट आएको मागलाई मन्त्रालयमा पठाइएको र स्वीकृत भएर आउना साथ मङ्सिरदेखि दोस्रो चरणको काम सुरु हुने उहाँको भनाइ छ ।
जनसहभागितामा आधारित सौर्य सडक बत्ती परियोजनाबाट बागलुङ नगर झिलिमिली हुने भएको छ । सौर्य बत्ती जडानले नगर क्षेत्रका सडकले अँध्यारोबाट मुक्ति पाउनेछन् । बटुवादेखि सवारी आवातजावतसम्मलाई यसले सहजता थप्नेछ । नियमित विद्युत् आपूर्ति नहुँदा पनि सौर्य बत्तीले चौबिसै घन्टा सडकलाई उज्यालो दिनेछ । सरकारले देशभरका सहरी क्षेत्रमा सौर्य सडक बत्ती जडान गर्न योजना बनाएको छ ।
- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"