ताजा अपडेट :

गाउँपालिका कायम गर्न माग गर्दै स्थानियको डेलिगेसन

गाउँपालिका कायम गर्न माग गर्दै स्थानियको डेलिगेसन  
असोज १०पर्वत

साविकको इलाका नं. ८ र ९ लाई गाभेर गाउँपालिका कायम गराउन माग गर्दै स्थानियवासीहरु जिल्ला विकास समितिमा दबाब दिएका छन् ।

स्थानिय निकाय पुर्नसंरचना समितिले शुरुमा सात वटा गाउँपालिका बनाएको र त्यसमध्ये लुंखदेउराली गाउँपालिका समेत बनाएको भन्ने समाचारहरु आएपछि एकजुट बनेका उक्त क्षेत्रका वासिन्दाहरुले आइतवार दबाब दिएका हुन् । लुंखु, पाखापानी, कुर्घा, फलामखानी, बालाकोट, भोक्सिङ्ग र भोर्ले गाविसलाई समेटेर गाउँपालिका बनाउनुपर्ने उनिहरुको माग रहेको छ । उक्त गाविसका अगुवा तथा सर्वसाधारणहरुले हस्ताक्षर संकलन गरी दक्षिणको ब्यापारिक केन्द्र लुंखुलाई केन्द्र बनाउँदै पुरानो इलाका नं ८ र ९ लाई मिलाएर छुट्टै गाउँ पालिका बनाउनुपर्ने माग सहित प्राविधिक समितिमा बुझाएका छन् ।


झण्डै एक सय भन्दा बढिको सख्ंयामा आएका स्थानियहरुले उक्त गाउँपालिका कायम नगरिए जस्तोसुकै कदम चाल्नपनि तयार रहेको बताएका छन् । उनिहरुले थप संघर्षका कार्यक्रमहरु संचालन गरिने बताए । सो अवसरमा प्राविधिक समितिका संयोजक तथा स्थानिय विकास अधिकारी युवराज पौडेलले स्थानियको माग जायज रहेको र उहाँहरुको माग अनुसार उक्त गाउँपालिका बनाउन आयोगमा सिफारिस गर्ने आश्वासन दिनुभएको छ । उहाँले स्थानियवासी, राजनीतिक दल र प्राविधिक समितिको निर्णय नै मान्य हुने भएकाले सवै पक्षको सहमति जुटाएर गाउँपालिकाको सिफारीस गरिने बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका सभापति खिमप्रसाद भुसाल, नेकपा एमालेका अध्यक्ष पदम गिरी, माओवादी केन्द्रका केन्द्रिय सदस्य कृष्ण पराजुली लगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले पनि स्थानियको मागलाई सम्वोधन गर्न सकिनुपर्नेमा जोड दिएका छन् ।
त्यस क्षेत्रलाई अखण्ड राख्न माग गर्दै केन्द्रमा समेत पुर्ब सहायक मन्त्री देबबहादुर पौडेल क्षेत्री, नेताहरु डा. यज्ञ अधिकारी र शरणबिक्रम मल्लको नेतृत्वमा काठमाण्डौ केन्द्रित अभियान समेत अघि बढाइएको स्थानिय युवा जीवन उच्चै ठकुरीले जानकारी दिए ।

प्रमुख समाचार

भिडियो संग्रह