ताजा अपडेट :

सरकारकै ढिलाईले चैतमा चुनाव असम्भव ः उप्रेती

सरकारकै ढिलाईले चैतमा चुनाव असम्भव ः उप्रेती

असोज९,पर्वत

पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले अहिलेकै अवस्थामा कुनैपनि निर्वाचन हुने सम्भावना नरहेको बताएका छन् ।


पर्वतको सदरमुकाम कुश्मामा आइपुगेका उप्रेतीले शनिवार निशुल्क मृगौला रोग परिक्षण शिविरको उद्घाटन गर्दै सरकार र  राजनीतिक दलहरुको ढिलाईकै कारण चुनाव हुन नसक्ने बताए । उनले बाँकी रहेको १६ महिना भित्र तीनवटै चुनाव गर्न सकिने भएपनि अब तत्काल ऐन बनाएर अघि बढ्नुपर्ने बताए । उप्रेती दुई दशकदेखि स्थानिय निकायको निर्वाचन हुन नसक्दा मुलुकको विकास हुन नसकेको बताउँदै जतिसक्दो चाडो स्थानिय निकायको निर्वाचन गर्नुपर्ने बताए ।
उनले आगामी चैतभित्र स्थानीय तहको निर्वाचन हुन नसक्ने ठोकुवा गरेका छन् ।  अहिलेकै गतिको तयारीले तीनै तहको निर्वाचन समयमै हुनेमा आशङ्का पैदा गरेको छ, दलहरु गम्भीर भएनन् भने समस्या उत्पन्न हुन सक्छ– उनले भने ।


निर्वाचनका लागि आवश्यक कानुनी, प्रशासनिक र व्यवस्थापकीय तयारीमा सरकारले तदारुकता देखाउनुपर्नेमा जोड दिँदै निर्वाचनको वातावरण बनाउनेतर्फ सरकार पहिलो जिम्मेवार पक्ष भए पनि सबै राजनीतिक दल गम्भीर भएर अघि बढ्नुपर्ने उनको भनाई छ ।
लोकतन्त्रको सुन्दर पक्ष भनेकै निर्वाचन भएकाले दलहरुको सहमतिमा ऐन निर्माण गरेर निर्वाचन आयोगलाई तयारी गर्न दिनुपर्ने बताए । उनले संविधानप्रति असुन्तष्ट दल पनि निर्वाचनबाट अनुमोदित भएर आउनुपर्ने उनले बताए । उप्रेतीले अघिल्लो निर्वाचनमा पनि केहि दल असमत थिए तर मिति घोषणा भएपछि सफल रुपमा सम्पन्न भयो अहिले पनि त्यहि माध्यमबाट अघि बढ्न सुझाव दिए ।


‘नेपाल किड्नी फाउन्डेसन’ ले कुश्मामा आयोजना गरेको मिर्गौला परीक्षण शिविरमा फाउन्डेसनको प्रमुख सल्लाहकार उप्रेतीले जनताको स्वास्थ्य ठीक भएमा मात्र मुलुकको स्वास्थ्य ठिक हुने बताए । उनले प्रत्येक ६÷६ महिनामा मृगौला परिक्षण गरेर स्वास्थ्य सन्तुलनमा राखेजस्तै पाँच पाँच वर्षमा चुनाव गरेर मुलुकलाई सन्तुलनमा राख्नुपर्ने पनि बताए ।
कार्यक्रममा सांसद कल्पना चापागाई, मृगौला रोग विशेषज्ञ डाक्टर शक्ति बस्नेत लगायतले बोलेका थिए । लायन्स क्लव अफ मोदीकालीका अध्यक्ष गोविन्द आचार्य र लायन्स क्लव अफ शिवालयका अध्यक्ष विषमकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन बद्रीप्रसाद पौडेलले गरेका थिए ।
 शिविरमा झण्डै १ हजार जनाले निशुल्क रुपमा मृगौलाको परिक्षण गराएका छन् । मृगौला परिक्षणका लागि गाउँ गाउँदेखि सर्वसाधारणको घुईचो लागेको थियो ।
 

प्रमुख समाचार

भिडियो संग्रह