- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
बाढीले दुईमहिनामा सातवटा पुल बगायो
बाढीले दुईमहिनामा सातवटा पुल बगायो
म्याग्दी ७ असोज
म्याग्दीमा बाढीले पछिल्लो दुई महिनायता छवटा झोलुङ्गे र एकवटा मोटरेबल पुल बगाएको छ । झोलुङ्गेपुल बाढीले भत्काउने र बगाउँदा पाँचवटा गाविसका बासिन्दालाई आवत–जावतमा समस्या भएको छ । बेनी—जोमसोम सडकको बेगखोलामा रहेको बेलिब्रिज बाढीले बगाएपछि उत्तरी म्याग्दी र मुस्ताङ जिल्लाको सिधा यातायात सम्पर्क विच्छेद भएको छ । बेग–१ मा रहेको लिस्ने खोलाको झोलुङ्गेपुल भदौ १६ गतेदेखिको निरन्तरको पहिरोसँगै बगेको छ । बेग–६ स्थित बेनी जोमसोम सडकमा रहेको बेलिब्रिज र सोसँगै रहेको झोलुङ्गेपुल भदौ १६ गतेको बाढीले बगाएको थियो ।
कुइनेमङ्गले र मल्कवाङको सिमानामा रहेको फिरीखोला र ओखरबोटको फूलबारीदेखि निस्कोटमा रहेको रुमखोला लघुजलविद्युत् परियोजनाको विद्युत्गृहमा जाने झोलुङ्गेपुल बाढीले बगाएको जिविसका असिस्टेन्ट सब इन्जिनियर बालकृष्ण पौडेलले बताउनुभयो ।
यसैगरी, गुर्जा–५ को मझधारा र धौलागिरि चक्रीय पदमार्गमा पर्ने मुदी–९ दोभानस्थित म्याग्दी खोलामाथि रहेको झोलुङ्गेपुलको लठ्ठा भिरबाट खसेको ढुङ्गा र पहिरोले छिनालेपछि आवत–जावत बन्द भएको छ । ओखरबोट–१ फूलबारी र निस्कोटको खहरे जोड्ने रितुङ खोलामाथि रहेको झोलुङ्गेपुल कटानका कारण जोखिममा परेको छ ।
बेगको औल हँुदै बादुक जाने बाटोमा बेगखोलामाथि रहेको झोलुङ्गेपुल पनि बाढी र पहिरोका कारण उच्च जोखिममा परेको छ । बाढीले क्षति गरेका झोलुङ्गेपुलको जिविस र टिबिएसयुको प्राविधिक टोलीले स्थलगत अध्ययन गरेर मर्मत तथा पुनर्निर्माणका लागि काम अघि बढाउन पहल भइरहेको असिस्टेन्ट सब इन्जिनियर पौडेलले बताउनुभयो । यसैबीच, पहिरो र पुलको लठ्ठा छिनेपछि अवरुद्ध भएको धौलागिरि चक्रीय पदमार्गको मर्मत कार्य बुधबारदेखि सुरु भएको छ । जिविसले पदमार्ग मर्मत र अस्थायी पुल बनाउन सहयोग गर्ने आश्वासन दिएपछि मुदी–९ बगरका बासिन्दाले पदमार्ग मर्मत सुरु गरेको स्थानीयवासी बमबहादुर पुनले बताउनुभयो । दस दिनभित्र पदमार्ग मर्मतकार्य सम्पन्न गर्नेगरी गाउँले परिचालन भएको उहाँले बताउनुभयो । पर्यटक याम सुरु नहँुदै पदमार्ग खुलाउने लक्ष्य राखिएको छ ।