- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
पुल बगाएपछि सास्ती
पुल बगाएपछि सास्ती
म्याग्दी ६ असोज
बाढीले सडक, बेलिब्रिज र झोलुङ्गेपुल बगाएपछि म्याग्दीको बेगखोलामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । बेगखोलामा भदौ १६ गते राति आएको बाढीले सडक, पदमार्ग र पुल बगाएपछि म्याग्दीको उत्तरी भेगका दश गाविसका साथै मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटक समस्यामा परेका छन् ।
बेगखोलामा आउने बाढीले छिनछिनमा धार परिवर्तन गरिरहेकाले सडक खुलाउने प्रयास सफल भएको छैन । पुल र सडक नहुँदा बाढीको पानीमा जोखिमपूर्ण तरिकाले वारपार गर्नुपर्ने बाध्यता रहेको दानाका कबिन तुलाचनले बताउनुभयो । उहाँका अनुसार केही ट्याक्टर चालकले यात्रुलाई खोला तारेबापत प्रतिव्यक्ति एक सय रुपैयाँ रकम लिने गरेका छन् । बेगखोला तिप्ल्याङ खण्डको वैकल्पिक बाटो तिप्ल्याङ, बादुक, औल, बेगखोला पैदलयात्रा गर्न कम्तीमा तीन घन्टा घुमाउरो बाटो हिँड्नुपर्छ । बेगखोलाको बाढी र सडक कटान भएकाले बेनी–जोमसोम सडकमा सिधा सवारी सञ्चालन हुन सकेको छैन् । सडक अवरुद्ध हुँदा स्थानीयवासी, पर्यटक र तीर्थयात्री अलपत्र पर्नुका साथै मुस्ताङ र उत्तरी म्याग्दीमा उत्पादित आलु निकासी हुन सकेको छैन ।
आलु र स्याउ कुहिन थालेपछि कृषक चिन्तित भएका छन् । कागबेनीमा सोह्र श्राद्ध गर्न जाने भक्तजन र मुस्ताङ भ्रमणमा आएका पर्यटक समस्यामा परेका छन् । कतिपय पर्यटक बेनीबाटै फर्किएका छन् ।
सडक अवरुद्ध हुँदा कृषि, पर्यटन र जनजीवन प्रभावित भएको छ । बाढीले विद्युत्का खम्बासमेत बगाएकाले उत्तरी म्याग्दी र मुस्ताङमा केन्द्रीय प्रसारण लाइनको विद्युत् आपूर्ति ठप्प भएको छ । विद्युत् अभावमा टावर नचल्दा मोबाइलको सञ्चार सेवा पनि अवरुद्ध भएको छ । मौसममा सुधार र बाढी रोकिएपछि सडक खुलाउने प्रयासले सार्थकता पाउने प्रजिअ केशवराज आचार्यले बताउनुभयो । सडक विभागको एकवटा डोजरले काम गरिरहेको भए पनि सफल भएको छैन । विद्युत् आपूर्तिका लागि पहल गरिए पनि बाढी नरोकिएकाले समस्या भएको नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सीताराम शाहले बताउनुभयो । बाढी र पहिरोका कारण बेग गाविसको विभिन्न वडामा ३७ घरपरिवार विस्थापित हुनुका साथै ११ घर जोखिममा परेका छन् । बेगखोला, बाँसबोट र लिस्नेबाट विस्थापित अस्थायी टहरा, सामुदायिक भवन, विद्यालय र आफन्तकामा आश्रय लिएर बसिरहेका छन् । विस्थापितले पुनर्वासको व्यवस्था गर्न अनुरोध
गरेका छन् ।
- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"