ताजा अपडेट :

ताकममा गाउँपालीका केन्द्र बनाउन माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा

ताकममा गाउँपालीका केन्द्र बनाउन माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा
म्याग्दी, ४ माघ

प्रस्तावीत धौलागिरी गाउँपालीकाको केन्द्र ताकममा कायम गर्न स्थानीय बासिन्दाले दवावमुलक आन्दोलन थालेका छन् । ताकममा क्रियाशिल राजनितिक दल, युवा कल्व, आमा समूह लगायतका संघ संस्थाहरुको एक टोलीले गाउँ पालीकाको केन्द्र ताकममा बनाउन माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयमा ज्ञापनपत्र पठाएका छन् । पहिलो चरणमा प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य र स्थानीय विकास अधिकारी प्रेमराज गिरी मार्फत ज्ञापनपत्र मन्त्रिपरिषद् र स्थानीय विकास मन्त्रालयमा ज्ञापनपत्र पठाएको संघर्ष समितिले थप आन्दोलनका कार्यक्रम समेत तय गरेको छ ।यसैगरी जिल्लामा क्रियाशिल सबै राजनितिक दलका पार्टी कार्यालयमा समेत ज्ञापनपत्र बुझाएका छन् । स्थानीय तहको सिमाना, संख्या निर्धारण गर्न बनेको आयोगले गत हप्ता सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा धौलागिरी गाउँपालीकाको अस्थाई केन्द्र मुनामा काम गर्न उल्लेख भएको भन्दै ताकमका बासिन्दा आन्दोलनमा उत्रिएका हुन् । यसअघि रघुगंगा गाउँपालीकाको केन्द्र मौवाफाँटलाई बनाउनुपर्ने माग राख्दै पिप्ले र भगवतीका बासिन्दाले समेत आन्दोलन घोषणा गरिसकेका छन्

प्रमुख समाचार

भिडियो संग्रह