ताजा अपडेट :

कुश्माको दुर्लुङ चोकमा बस पल्टिदा चालक घाईते

कुश्माको दुर्लुङ चोकमा बस पल्टिदा चालक घाईते
पर्वत, ४ माघ

सदरमुकाम कुश्मा बजारको मुख्य चोक दुुलुङ चोकमा आइतबार राती  लामो दुरीको बस दुर्घटना  ग्रस्त भएको छ । वाग्लुङ देखी पोखरा नारयण गढ  गुढने रात्री बस राजमार्गमा  दुर्घना भएको हो ।  ध १ प ५६५ नम्बरको यात्रुबहाक बस कुश्मा नगरपालिका वडा न १० स्थित दुर्लुङ चोक नजिक  सडकमा चिप्लीएर पल्छिएको हो । बस पोखरा बागलुङ राजमार्गको वीच भागमा पल्टदा राजमार्ग अवरुद्ध भएको छ ।बस बागलुङबाट कुश्मा तर्फ आउँदै गरेको र उक्त बसमा यात्रुहरु नभएको पाइएको हो ।कोही यात्रु नभएका कारण बस दुर्घटना हुँदा बस चालक र सहचालक  गरी दुई जना मात्र  जना घाइते भएका छन।   दुर्घटनमा परी वर्ष २७ का चालक   पुर्ण बहादुर परियार  घाईते भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय पर्वतका दुर्घटना के कसरी  घटेको हो थप छानवीन भइरहेको छ । प्रहरी नायव निरीक्षक शेखर खनालले घटनाको अनुसन्धान भईरहेको जानकारी दिनुभयो ।  तिब्र गतीका कारण बस पल्टिन पुगेको प्रहरीले बताएको छ ।

प्रमुख समाचार

भिडियो संग्रह