- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
बेनी–जोमसोम–कोरला सडक स्तरोन्नति हुँदै
बेनी–जोमसोम–कोरला सडक स्तरोन्नति हुँदै
पुस २९,म्याग्दी
बेनी–जोमसोम–कोरला सडकखण्डको स्तरोन्नति गरी उत्तरी नाका चीनसँग द्विपक्षीय व्यापार विस्तार गर्ने सरकारी योजनाअनुसार बेनी–जोमसोम हुँदै नेपालको उत्तरी नाका कोरलासम्मको सडकको स्तरोन्नति हुने भएको छ ।साँघुरो र जोखिमपूर्ण बेनी–जोमसोम–कोरला सडकमा सवारी सञ्चालन भइरहे पनि सडकको स्तरोन्नति गरी पर्यटकीय र व्यापारिक केन्द्रमा स्थलमार्गको पहुँच बढाउन दुई छुट्टाछुट्टै युनिट खडा गरी काम अघि बढाइने बेनी–जोमसोम–कोरला आयोजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिनुभयो ।
आयोजना प्रमुख सुवेदीका अनुसार बेनीदेखि जोमसोमसम्मको ७६ किमी दूरीको सडक ११ मिटर चौडा बनाइ कालोपत्र गर्ने र एकसय १० किमी दूरीको जोमसोम–कोरला सडकलाई दुई खण्डमा बाँडेर स्तरोन्नति गरिने निश्चित भएको छ । बेनी–जोमसोमखण्ड कालोपत्रका लागि चार खण्डमा विभाजन गरी काम अघि बढाइनेछ । आयोजना प्रमुख सुवेदीका अनुसार बेनी–जोमसोम खण्ड कालोपत्रका लागि केही दिनमै टेन्डर गरिँदैछ ।तीन वर्षभित्र काम सक्ने लक्ष्यका साथ चारवटा ठेकेदारमार्फत काम गर्ने योजना रहेको र अहिले लागतको ‘भेरिफिकेसन’ भइरहेको उहाँले बताउनुभयो ।
आयोजना प्रमुख सुवेदीले भन्नुभयो, “बेनी–जोमसोम खण्डमा नौवटा पक्की पुल बन्नेछन् । तीमध्ये दुईवटा पुल बनिरहेका छन् । बाँकी सातवटा पनि मोटरेबल पक्की पुल वनाइने छ ।” उहाँका अनुसार अहिले सञ्चालनमा रहेका सबै बेलिब्रिज हटाएर सट्टामा पक्की पुल बन्नेछन् । आयोजना प्रमुख सुवेदीका अनुसार बेनी–जोमसोम खण्ड कालोपत्र गर्न करिब तीन अर्ब ८८ करोड रुपैयाँको लागत स्वीकृति अर्थमन्त्रालयले दिएको छ । जोमसोम–कोरला सडक स्तरोन्नति गर्न पनि करिब साढे तीन अर्ब रुपैयाँ लागत लाग्नेछ । बेनीदेखि कोरलासम्मकै सडक स्तरोन्नति गर्न नेपाल सरकारको लगानी रहने आयोजना प्रमुख सुवेदीले बताउनुभएको छ ।
सुवेदीका अनुसार ठेक्का सम्झौता भइसकेको माथिल्लो खण्डका लागि मात्र सरकारले यस वर्ष करिब ४० करोड रुपैयाँ विनियोजन गरेको छ । सम्झौतापछि तल्लो खण्डलाई पनि बजेट आउनेछ । “सरकारको मुख्य प्राथमिकतामा परेको बहुवर्षे आयोजना हुनाले दुईवटै खण्डको कामलाई बजेट अभाव हुँदैन,” उहाँले भन्नुभयो ।
- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"