ताजा अपडेट :

पर्वत महोत्सव नजिकिएसँगै १ सय १५ स्टल बुकिङ, ५० प्रतिशत तयारी पूरा

पर्वत महोत्सव नजिकिएसँगै १ सय १५ स्टल बुकिङ, ५० प्रतिशत तयारी पूरा
पुस २८,पर्वत
‘समृद्ध पर्वतः हाम्रो चाहना’ भन्ने मूल नाराका साथ आयोजना गरिएको पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला एवं पाँचौ पर्वत महोत्सव–२०७३ नजिकिदै जाँदा १ सय १५ स्टल बुकिङ भइसकेका छन् । महोत्सव आउन अझै १४ दिन मात्र बाँकी रहँदा १ सय १५ स्टल बुकिङ भएको आयोजकले जनाएको छ । साथै महोत्सवको ५० प्रतिशत भन्दा बढी तयारी पूरा भइसकेको मूल आयोजक समितिले जनाएको हो । यही माघ १३ गतेदेखि २२ गतेसम्म संचालन हुने उक्त महोत्सवले जिल्लाको पर्यटन प्रवद्र्धनमा उल्लेख्नीय भूमिका खेल्ने आयोजकले बताएको छ । जिल्लामा रहेका लामा र अग्ला पुल, नेपालकै प्राविधिहरुले निर्माण गरेको केवुलकार मोडेलको यान्त्रिक पुल, बन्दै गरेको साहसिक बन्जी जम्प, ऐतिहासिक गुप्तेश्वर तथा अलपेश्वर गुफा, सहस्रधारा, कालीगण्डीको ¥याङटीङ र  प्याराग्लाइडिङ लगायतका आकर्षणहरुले महोत्सव मात्र होइन समग्र जिल्लाकै पर्यटनमा ठोस टेवा पुर्याउने आशा लिएको पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक हरिओम शर्मा लामिछानेले बताउनुभयो । उहाका अनुसार महोत्सवले लघु तथा घरेलु उद्यमीहरुका उत्पादनलाई प्रचारप्रसार गर्नुका साथै लप्सी, कफी, सुन्तला, अल्लो, मह लगायतका स्थानीय उत्पादनहरुलाई अझै प्रवद्र्धन गर्नेछ  महोत्सव प्रचारप्रसारका दृष्टिकोणले अत्यन्त प्रभावकारी बन्दै गइरहेको र अपेक्षा गरे अनुसारनै काम भइरहेकोले आर्थिक रुपले समेत सफल हुने अपेक्षा  आफूले गरेको बरिष्ठ उपाध्यक्ष तथा महोत्सव आर्थिक संयोजक गोपी अधिकारीको बताउनुभयो । महोत्सवमा ५ सय रुपैंयामा प्याकेज टिकटको व्यवस्था गरिएको छ भने ६० रुपैंयामा सामान्य टिकट तथा कक्षा १२ सम्मका विद्यार्थीहरुका लागि ४० रुपैंयाको टिकट कायम गरिएको छ ।कूल २ सय स्टल रहने महोत्वमा १२ वटा रेष्टुरेष्ट रहने छन् । रेष्टुरेष्ट संचालन गरिने सबै स्टलहरु बुकिङ भइसकेको उद्योग उपाध्यक्ष तथा स्टल संयोजक शिव शर्मा पौडेलले जानकारी दिनुभयो । महोत्सव अवधिभर हरेक दिन फरक–फरक कलाकारहरु ल्याउने तयारी आयोजकले गरेको छ । ‘राष्ट्रिय रुपमा ख्याति कमाएका कलाकारहरु फरक–फरक दिनमा ल्याएर मनोरजञ्जन दिने तयारी गरिएको वाणिज्य उपाध्यक्ष तथा कलाकार आमन्त्रण तथा व्यवस्थापन संयोजक  केदारनाथ शर्माले जानकारी दिनुभयो ।महोत्सवलाई प्रचारप्रसार गर्ने उद्देश्यले माघको पहिलो साता कालीगण्डकी सरसफाई तथा प्रचारात्मक ¥याफिटङको आयोजना गरिने मूल समितिले जनाएको छ ।  महोत्सव लाई प्रचारप्रसारका हिसावले धेरै अगाडि पु¥याइसकिएको र यस अघिका महोत्सवमा भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरेको पर्वत उद्योग वाणिज्य संघका महासचिव तथा महोत्सव सचिव ठाकुर वि. पौडेलले जानकारी दिनुभयो ।महोत्सव स्थलमै ठेका बनाउने, सेखु बन्ने, माटाका भाँडाकुँडा बनाउने र मौरीका घार राखी शरीरभरी मौरी राखेर प्रर्दशन गर्ने लगायतको तयारी भइरहेको छ ।  साथै महोत्सव अवधिभर अष्ट्रिज अवलोकन, प्याराग्लाडिङ, ¥याफिटङ लगायतका साहसिक खेलको मज्जा लिन सकिने आयोजकले जनाएको छ । महोत्सवमा एकलाख बढी राशीको पश्चिमाञ्चलस्तरीय खुल्ला भलिवल प्रतियोगिता समेत आयोजना गरिएको मूल आयोजक समितिले जनाएको ।प्रत्येक तीन–तीन वर्षमा आयोजना गरिने पर्वत महोत्सवको नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने गरी तयारी भइरहेको आयोजकले जनाएको छ । महोत्सवबाट बचेको रकम खेलकुद विकास तथा सिटीहल निर्माण गर्न खर्च गरिनेछ ।

प्रमुख समाचार

भिडियो संग्रह