ताजा अपडेट :

तिलाहारको जनप्रकाश आधारभुत बिध्यालको ४० औं बार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न।।विद्यालयको शिक्षाको गुणस्

तिलाहारको जनप्रकाश आधारभुत बिध्यालको ४० औं बार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न।।विद्यालयको शिक्षाको गुणस्तर अभिबृद्धि गर्नको लागि सवै एक जुट हुनुपर्ने सांसद कल्पना चापागाईको जोड।।

पुस २८,पर्वत

जिल्लाको तिलाहार ४ ठानामा रहेका् जनप्रकाश  आधारभूत  विद्यालयमा  ४० औं बार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ ।सोही अबसरमा.नव निर्मत भवनको सांसद कल्पना चापागाइले उद्घाटन गर्नुभएको छ । नवनिर्मित भवनको उद्घाटन गर्दै सांसद  चापागाईले शिक्षानै विकासको आधार भएकोले यसमा राज्यको ठूलो लगानी रहेको बताउनु भयो ।शिक्षा विना कोहि पनि सफल हुन नसक्ने भन्दै चापागाईले सामुदायिक विद्यलायको शिक्षाको गुणस्तर अभिवृद्ध गर्नको लागि सवैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर पछिल्लो समयमा खस्कदै जानुमा शिक्षक,अभिभावक र विद्यार्थीको तालेमल नमिल्नुनै भएको भन्दै उहाँले विद्यालयको शिक्षको गुणस्तर अभिबृद्धि गर्नको लागि सवै एक जुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले आफुले पनि विद्यालयको शैक्षिक तथा भौतिक विकासको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।भूपू विद्यार्थीले आफ्नो विद्यालयप्रति देखाएको माया र स्नेहका कारणनै आज विद्यालयमा भूमकम्प पछि नयाँ भवन निर्माण हुन सम्भव भएको सांसद चापागाइले बताउनुभयो ।विद्यालय निरिक्षक र स्रोत व्यक्ति कृष्ण प्रसाद पौडेल र कृष्ण प्रसाद आचार्यले विद्यालयको शैक्षिक गुणस्तरको लागि सवै एक जुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँहरुले सामुदायिक विद्यालयमा दक्ष तथा तालिम प्राप्त शिक्षक हुदाँ पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कनुमा अभिभावक र शिक्षक नै दोषि रहेको औलानु भयो । शिक्षक, अभिभावक र विद्यार्थीका् त्रिकोणात्मक सम्बन्धमा तिक्तता आएका कारण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्केको भन्दै सम्बन्धलाई सुमधुर बनाउन सकेमा शैक्षिक गुणस्तर उकासिने विश्वास राख्नुभयो ।२०७२ बैशाख १२ गतेको महाविनासकारी भूकम्पका कारण क्षति भएको उक्त विद्यालयको भौतिक पूर्वधार निर्माणका लागि भूपू विद्यार्थी दिनेश शर्माको संयोजकमा विद्यार्थीहरु संगाठनिक भइ विद्यालयको लागि आर्थिक स्रोत जुटाउनको लागि लागि परेकोले आज यो सम्भव भएको विद्यालयका प्रधानाध्यापक ख्याम बहादुर लामिछानेको भनाई रहेको छ।उत्त निमार्ण भएको भवनको लागि देश तथा विदेशका रहेका भूपू विद्यार्थीको गास कटाएर आर्थिक स्रोत संकलन भएको भूपू विद्यार्थीका संयोजक दिनेश शर्माले बताए । सोही अबसरमा विद्यालयले ५ दर्जन चन्ददातालाई सम्मान गरेको छ । सम्मानीत हुनेमा सुरेश सिंह क्षेत्री, रविलाल शर्मा, कनक प्रसाद सुवेदी, विष्णु प्रसाद सुवेदी लगायत ६० जना लाई सम्मान गरेको थियो । सम्मानीत हुनेहरुले विद्यालयको भूकम्प पछिको पूर्ननिर्माणमा १० देशि २० हजार सम्म आर्थिक सहयोग गरेको विद्यालयले जनाएको छ ।कार्यक्रममा नवजागृत उमाविका विध्यालय ब्यबस्थापनका  अध्यक्ष लोकेन्द्र जंग लामिछाने, संस्थापक नन्दलाल सुवेदी लगायतको आआफ्नो धारणा राख्नु भएको थियो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निलकण्ठ पौडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन शिक्षक किरोश सुवेदीले गुर्नभएको थियो भने कार्यक्रमको स्वागत विद्यार्थी सदिक्षा पौडेलले गर्नुभएको थियो ।

 

प्रमुख समाचार

भिडियो संग्रह