- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
व्यावसायीक मौरीपालनबाट प्रसस्त आम्दानी गर्दै बलेवाका कृषक ।।घरमै बसेर बार्षिक २५ लाख रुपैया आम्दानी गर्नै कृर्
व्यावसायीक मौरीपालनबाट प्रसस्त आम्दानी गर्दै बलेवाका कृषक ।।घरमै बसेर बार्षिक २५ लाख रुपैया आम्दानी गर्नै कृर्षको भनाई।।
पुस २८,पर्वत
पर्वत सदरमुकाम कुश्मासँगै जोडिएको बलेवास्थित अमलाचौर–३ का डिलबहादुर खत्रीले व्यावसायीक मौरिपालनबाट बार्षिक रुपमा २५ लाख रुपैया भन्दा बढि आम्दानी गर्न सफल भएका हुन् । विगत डेढ दशकदेखि मौरीपालन व्यावसायमा हात हालेका खत्रीको परिवारमा अहिले झण्डै एक सय घार मौरी रहेका छन् । अमलाचौरमै बलेवा मौरीपालन उद्योग खोलेर व्यावसाय शुरु गरेको खत्री परिवारले मौरीका घार, खाली घार र मह विक्रि गरेर यतिका धेरै आम्दानी गर्न सफल भएको हो ।
आफ्नै घर वरिपरीको पाँच रोपनी क्षेत्रफलमा व्यावसाय गरेका खत्रीले यसलाई अझै बढाउने योजना बनाएका छन् । उनि धौलागिरि अञ्चलकै नमुना मौरीपालक कृषकहरुको रुपमा चिनिएका छन् । उनले उक्त उद्योगबाट बार्षिक रुपमा झण्डै ६ क्वीन्टल मह उत्पादन गरेर विक्रि गर्ने गर्दछन् । अहिले प्रतिकिलोग्राम महको मुल्य ७ सय ५० रुपैया रहेको छ ।त्यस्तै मौरी सहितको घारलाई ७ हजार रुपैया र खाली घार विक्रि गरेका प्रतिघार तीन हजारको दरले विक्रि गर्ने गरेका छन् । बार्षिक रुपमा १ सय देखि २ सय वटा सम्म विक्रि गर्ने गरेको खत्रीका छोरा जीवनबाबु खत्रीले जानकारी दिए । वैदेशिक रोजगारीका लागि कतार पुगेका खत्री पनि गाउँमा जति कमाई गर्न नसकेपछि पुन घरमै फर्केर बाबुकै पेशा अँगालेर बसेका छन् । दश जनाको संख्यामा रहेको खत्रीको परिवार अहिले पुरै मौरीपालन व्यावसायमा सक्रिय बनेका छन् ।
मौरीको हेरचाह गर्ने, घार निर्माण गर्ने, दाना खुवाउने र मह काड्ने कामले उनिहरुलाई भ्याईनभ्याई हुने गरेको छ । घरमै बसेर बार्षिक २५ लाख रुपैया सम्म आम्दानी हुन्छ किन बिदेश जानुप¥यो जीनबाबु भन्छन् अब यहि व्यावसायलाई आधुनिकिरण गरेर अझै बिस्तार गर्ने योजना रहेको छ । उनको व्यावसायका लागि जिल्ला कृषि विकास कार्यालयले समेत विभिन्न समयमा तालिम तथा प्राविधिक सहयोग र घार समेत दिने गरेको जीवनबाबुले बताए । आफ्नो उद्योगमा उत्पादित मह र घार गाउँमै र कुश्माबजार, बागलुङबजार तथा पोखरा सम्म पनि जाने गरेको उनले जानकारी दिए । उत्पादन भएदेखि बजारको कुनै समस्या छैन उनले भने ग्रामीण क्षेत्रका फुल र जडिबुटी खाएर बनेको मह भएकाले स्वस्थकर स्वादिलो पनि हुने गरेको उनको अनुभव छ । उनिहरुले प्रत्येक तीन तीन महिनामा मह काढ्ने गरेका छन् । जेठ, मंसिर, फागुन र असोजमा मह काढ्ने गरेको खत्रीले जानकारी दिए ।
एक पटकमा एक देखि डेढ क्वीन्टलसम्म मह उत्पादन हुने गरेको उनले जानकारी दिएका छन् । परिश्रम गर्ने हो भने जुनसुकै व्यावसायवाट पनि सफलता प्राप्त गर्न सकिदो रहेछ २७ वर्षिय जीवनबाबु खत्री भन्छन् यो व्यावसायबाट हाम्रो परिवार निकै सन्तुष्ट बनेको छ ।’ उक्त व्यावसायबाट भएको कमाईले उनिहरुले विभिन्न सहरबजारमा घरघडेरी समेत जोडिसकेको जानकारी दिएका छन् । मौरी मात्र हैन उक्त परिवारले गाउँमै माछा पालन समेत गरेको छ । दुई वटा पोखरीमा एक हजार पाँच वटा कमन, नैनी र ग्रास जातका माछा पालन गरेका छन् । त्यस्तै व्यावसायिक तरकारी र गोलभेडा खेती पनि गर्दै आएको बताएका छन् । विकट गाउँका बासिन्दालाई सेवा दिन उद्धेश्यले खाद्यान्न कुटनी पिसनी मिल समेत राखेको खत्रीले जानकारी दिए । आफ्नो परिवार मात्र नभई उनिहरुले अन्य चार जनालाई रोजगारी समेत दिएको बताएका छन् । कृषक खत्रीको परिवार अहिले जिल्लाकै नमुना बन्न सफल भएको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ ।
- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"