ताजा अपडेट :

पर्वतमा उत्पादित लप्सीका परिकार अमेरिकासम्म

पर्वतमा उत्पादित लप्सीका परिकार अमेरिकासम्म ।।
पुस २८,पर्वत
पर्वतमा उत्पादित लप्सीका परिकार अमेरिका पठाउन थालिएको छ । पर्वतको सदमुकामसंँगै रहेको मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगमा उत्पादित लप्सीको १० वटा परिकार अमेरिका पठाउन थालिएको हो । उद्योगले गत वर्षदेखि लप्सीको माडा, अचार, क्यान्डी, तितौरा, जाम लगायतका परिकार अमेरिका पठाउन थालेको उद्योगका सञ्ंचालक थानेश्वर भुसालले जानकारी दिनुभयो । १५ वर्षअघि लप्सी प्रशोधनका लागि स्थापना भएको सामुदायिक खाद्य प्रशोधन उद्योगले गत वर्ष लप्सीको विभिन्न परिकार करिब तीन सय किलो अमेरिका पठाएको थियो । यस वर्ष १० मेट्रिक टन लप्सीका परिकारको माग भएको उद्योगका सञ्ंचालक भुसालले बताउनुभयो । अमेरिकाको हिमाल गार्मेन्ट कम्पनीमा हिमाली जडीबुटी तथा फलफूलका उत्पादन विभाग हेर्ने क्रिग सेभरले आफैँ उद्योगमा आएर गतवर्ष लप्सीका परिकार र कफी अमेरिकामा बिक्रीका लागि लगेका थिए । यस वर्ष उद्योगले ४० टन लप्सी प्रशोधन गर्ने लक्ष्य राखेको छ । वनपाखामा त्यसै खेर जाने लप्सीबाट आम्दानी गर्न सकिने भएपछि जिल्लाका विभिन्न गाविसमा यसको व्यावसायिक खेती गर्न थालिएको छ ।
 

प्रमुख समाचार

भिडियो संग्रह