ताजा अपडेट :

कृषीको पकेट क्षेत्र मै बाँदरको आतङ्क, पर्वतमा जमिन बाँझै,

कृषीको पकेट क्षेत्र मै बाँदरको आतङ्क, पर्वतमा जमिन बाँझै,
पुस २८,पर्वत
जिल्लाका दक्षिणी भागमा रहेका लुंखुदेउरालीका स्थानीयबासीले बाँदर आतङकका कारण आफूहरुले खेतबारी बाँझो राख्न बाध्य भएको बताएका छन् । जिल्ला कृषि विकास कार्यालय पर्वतको आयोजना तथा लुंखु देउराली कृषि सेवा केन्द्रको सहकार्यमा जमिन बाँझो नराखौ भन्ने अभियानमा सहभागी भएका कृषकहरुले बाँदर आतङ्क भएका कारण आफुहरु खेतबाली लगाउन छोडेका कारण जमिन बाँझो राखेका बताए कुर्घा ५ का मिलन बस्यालले बसाइसराइनै खेतबारी बाँझो रहनुको प्रमुख कारण भएको बताउनुभएको थियो । उहाले अधिकांश मानिसहरु गाउ छाडेर शहरतिर बसाइ सरेकोले खेतबारी बाँझो रहन पुगेको हो बताउनुभयो । सरकारले शहरमा पाउने सेवा सुविधा गाउँमानै पाउने व्यवस्था मिलाउन सकेमा गाउँ खाली र खेतबासी बाँझो नरहेन उहाले बताउनुभयो । खौलालाकुरीका मिलन नेपालीले आवश्यक प्राविधिक ज्ञानको कमि, कृषिमा आधुनिकरण तथा यान्त्रिकरणको अभाव तथा पुरानै खेती लगाउने शैली र बजारीकरणको अभावले खेतबारी बाँझो रहेको बताउनुभयो ।जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले काम गर्न सक्ने हो भने नेपालमानै राम्रो आन्दानी हुने बताउनुभएको छ । पछिल्लो समयमा देशमा खेतीयोग्य जमिनमा घर निर्माण तथा जमिन बाँझो राख्ने परिपाटी बढेको र छिमेकी देशसँगको परनिर्भरता बढेको भन्दै उनले आफ्नो जमिनमा उत्पादन हुने चिज लगाउनुपर्नेमा उहाको जोड थियो लुंखुदेउराली, पाखापानी, कुर्घा लगायतका क्षेत्रमा हावापानी तथा बातवरण अनुसारको खेती लगाउन सकेमा खेतबारी बाँझो नरहने उहाले बताउनुभयो । बाँदरको आतङको समस्या पर्वत जिल्लामा मात्रै नभइ देशभरीनै विभिन्न ठाउँमा यस्तै समस्या रहेको भन्दै उहाले अब यसबारेमा जिल्ला प्रशासन र बन कार्यालयले सोच्नुपर्ने बेला आएको बताउनुभयो ।

प्रमुख समाचार

भिडियो संग्रह