ताजा अपडेट :

मातृभुमिको लागि पर्वत सेवा समाजद्वारा पर्वतका मृगौला पिडितलाई आर्थिक सहयोग।।

मातृभुमिको लागि पर्वत सेवा समाजद्वारा पर्वतका मृगौला पिडितलाई आर्थिक सहयोग।।

२४ पौष, पर्वत

लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशील मातृभुमिको लागि पर्बत सेबा समाज नेपालले पर्वत जील्लाको विभिन्न स्थानहरुमा वसोवास गर्ने  ३ जना मृगौला पीडितहरुलाई आर्थिक सहयोग गरेको छ । समाजले शनिबार पर्बत उद्योग बाणिज्य संघको सभाहलमा एक कार्यक्रमको आयोजना गरी पिडितहरुलाई सबै गरी १ लाख १० हजार रुपैया बराबरको आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

 उक्त रकम मातृभुमिको लागि पर्बत सेबा समाज नेपाल इजरायलले रामभक्तm बचाउ अभियानबाट संकलन गरेको ५० हजार र बाकि रकम संस्थाको खाताबाट गरि १ लाख १० हजार रकम हस्तान्त्रण गरिएको हो।कुश्मा नगरपालिका १६ पिपलटारीका देबि बहादुर बिक ( रामभक्तm ) लाई ७० हजार, राम्जा देउराली गाविस वडा नं. ३ गोतामेथर निवासी अनिता पौडेललाई २० हजार र कुश्मा नगरपालिका खुर्कोट निवासी संगीता शर्मालाई २० हजार रकम हस्तान्तरण गरेको संस्थाका अध्यक्ष अर्जुन प्रसाद पौडेलले जानकारी दिनुभयो ।

 

 सहयोग हस्तान्त्रण कार्यक्रममा बोल्दै पर्बत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछानेले मातृभुमिको लागि पर्बत सेबा समाज नेपालले यस अघि पनि सामाजिक क्षेत्रमा रहेर बिभिन्न काम गर्देै आएको भन्दै आर्थिक स्थिति कमजोर रहेका तथा मृगौला पिडित परिबारको पहिचान गरि आर्थिक सहयोग हस्तान्त्रण गर्नेु निकै सहनिय काम रहेको बताउनुभयो । राज्यले बास्तबिक पिडितलाई सम्झन नसकेको बेला सामाजिक क्षेत्रमा क्रियाशिल यस संस्थाले मृगौला पिडित परिबारको लागि मलम लगाउने काम गरेकोमा संस्थालाई धन्यबाद समेत दिनुभएको थियो ।  


उहाले मानब भएर जन्मे पछि जिबनमा धेरै समस्याहरु आईपर्ने भन्दै त्यस्ता समस्याहरुसंग जुध्न सक्नुपर्ने भन्दै पिडित परिबारहरुलाई धैर्य भएर समस्याको समाधानमा जुट्न आग्रह समेत गर्नुभएको थियो । उक्त कार्यक्रममा पर्बत उद्योग बाणिज्य संघका बाणिज्य उपाध्यक्ष केदारनाथ शर्मा, पर्बत उद्योग बाणिज्य संघका महासचिब ठाकुर बि पौडेल,सिसेफ नेपालका अध्यक्ष थमनारायण पौडेल लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष अर्जुन प्रसाद पौडेलले सानो सहयोगले पीडितहरुलाई थोरै भएपनि राहात होला भन्ने मनसायले आर्थिक सहयोग हस्तान्तरण गरेको बताउनुभयो । संस्थाका अध्यक्ष अर्जुन प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको सहयोग हस्तान्त्रण कार्यक्रममा उपाध्यक्ष टंक लामिछानेको स्बागत तथा सचिब अर्जुन पौडेल निर्जनको सञ्चालन रहेको थियो ।

 

प्रमुख समाचार

भिडियो संग्रह