- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
ढोरपाटन सिकार आरक्षमा नाउरको सङ्ख्यामा वृद्धि, यो बर्षको गणनामा दुई हजार २ सय २ नाउर भेटिए।।
ढोरपाटन सिकार आरक्षमा नाउरको सङ्ख्यामा वृद्धि, यो बर्षको गणनामा दुई हजार २ सय २ नाउर भेटिए।।
पुस २४, बागलुङ
ढोरपाटन सिकार आरक्षमा नाउरको सङ्ख्यामा वृद्धि भएको छ । आरक्ष कार्यालयले यो वर्ष गरेको गणनामा दुई हजार २०२ वटा नाउर भेटिएका छन् । पाँच वर्षअघि भएको गणनाअनुसार एक हजार ६४८ नाउर आरक्षमा थिए । कार्यालयले प्रत्येक पाँच वर्षको फरकमा नाउरको गणना गर्ने गरेको छ । गत वैशाख÷जेठमा कार्यालयले आरक्षका सातमध्ये छवटा ‘ब्लक’ मा नाउर गणना गरेको थियो । सुर्तीवाङ ‘ब्लक’मा भने नाउर नपाइने आरक्ष कार्यालयले जनाएको छ । गणना वर्षलाई तुलनात्मक रूपमा हेर्दा नाउरको सङ्ख्या बढ्दै गएको आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो । दश वर्षअघि गरिएको गणनामा आरक्ष क्षेत्रमा जम्मा ७५५ नाउर फेला परेका थिए । टाढाबाट गणना गर्दा साना नाउरलाई भाले÷पोथी छुट्याउन गाह्रो हुने उहाँको भनाइ छ ।
सिकार कार्यसँग अनुभवी स्थानीयवासीको सहयोगमा तीन टोली बनाएर आरक्षले नाउरको गणना गरेको थियो । जसमा आरक्षका कर्मचारी र भरिया सम्मिलित थिए । गणनापछि भेटिएका नाउरको सङ्ख्याका आधारमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले सिकारका लागि ‘कोटा’ निर्धारण गर्ने गरेको छ । विभागले पछिल्लो समय गणनाका लागि छुट्टै बजेटको पनि व्यवस्था गर्ने गरेको छ । ढोरपाटन क्षेत्र अत्यन्त विकट रहेकाले गणना कार्य जटिल हुने गरेको कार्यालयका कर्मचारी बताउँछन् । कार्यालयदेखि पाँच÷सात दिनमा पुुगिने ठाउँसम्म आरक्ष क्षेत्र फैलिएको छ ।
यस आरक्षमा बर्सेनि २६ नाउरको सिकार खुल्ला गर्ने गरिएको छ । असोज मङ्सिरको पहिलो याममा १३ र फागुन–वैशाखको दोस्रो याममा १३ नाउरको सिकार ‘कोटा’ छुट्याउने गरिएको छ । नाउरसँगै दुवै याममा ६÷६ गरी १२ झारलको सिकार अनुमति दिइने गरिएको छ । विदेशी सिकारी नाउरको सिकारमा बढी आकर्षित हुने गरेका छन् । बाख्रा र भेँडाजातिको बीचमा पर्ने नाउर–४ हजारदेखि पाँच हजार मिटरको उचाइमा पाइने गरेको छ । सिकारका लागि विभिन्न सिकार एजेन्सीबीच प्रतिस्पर्धा चल्ने गरेको छ । ती एजेन्सीले विदेशी तालिमप्राप्त सिकारीलाई सिकार खेलाउने गरेका छन् ।