ताजा अपडेट :

बेनी हस्पिटल र बागलुङको निलगिरी हस्पिटल गाभिए

बेनी हस्पिटल र बागलुङको निलगिरी हस्पिटल गाभिए
पुस २४, म्याग्दी
म्याग्दीको सदरमुकाम बेनीमा शुक्रबार एक कार्यक्रमकाबीच दुईवटा हस्पिटल एक आपसमा गाभिएका छन् । बेनीको न्युरोडमा सञ्चालित बेनी हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र धौलागिरि सञ्जीबनी स्वास्थ्य सहकारी संस्थामार्फत सञ्चालित निलगिरी अस्पताल बागलुङ गाभिएर निकट भविस्यमै एकिकृत सेवा सुरु गर्ने घोषणा गरेका छन् ।निलगिरी अस्पतालका अध्यक्ष राम शर्मा र बेनी हस्पिटलका अध्यक्ष शिवकुमार श्रेष्ठले सम्झौता पत्रमा संयुक्तरुपमा हस्ताक्षर गरेपछि दुवै अस्पताल एकीकरण भएको घोषणा गरिएको थियो । धौलागिरि अञ्चलमा १ सय शैया क्षमताको सुविधासम्पन्न अस्पताल निर्माण गर्नेगरी धौलागिरिवासीलाई सेवा दिने दिर्घकालीन योजनाका साथ आफुहरुले दुई अस्पताल एकीकरण गरी अघि बढेको धौलागिरि सञ्जीबनी स्वास्थ्य सहकारीका सचिव रामबहादुर जिसीले बताए ।

उनका अनुसार अस्पतालमा विशेषज्ञ सेवासहित प्रसुती, हाडजोर्नीलगायत जटिल खालका रोगको उपचार गर्ने तयारी गरिएको छ । निलगिरी अस्पताललाई आगामी दिनमा पर्वत र मुस्ताङ जिल्लामा समेत पु¥याउने र धौलागिरि अञ्चलकै ठूलो अस्पतालका रुपमा विकास गर्ने लक्ष्य लिइएको सचिव जिसीको भनाई छ । ५ वर्षे कार्ययोजना बनाई अगाडि बढाइएको निलगिरी अस्पतालमा हाल १ सय ६९ जना सञ्चालकहरु आबद्ध रहेको कार्यक्रममा जानकारी गराइएको थियो । सहकारीमार्फत सञ्चालित अस्पताल सञ्चालनका लागि सबै पक्षबाट सकारात्मक सहयोग आइरहेको जनाइएको छ ।कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य प्रमोद श्रेष्ठले स्वास्थ्य संस्था एकीकरणपश्चात् जनताले सुलभ रुपमा स्वास्थ्य सेवा पाउनुपर्ने बताए ।

उनले हस्पिटलले जनताको घरदैलोमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने बताउँदै दक्ष जनशक्तिलाई जिल्लामै बसेर सेवा गर्ने वातावरण मिलाउनुपर्नेमा जोड दिएका छन् ।कार्यक्रममा नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन भए पनि जिल्लामा बस्ने वातावरण नभएको हुँदा त्यसतर्फ ध्यान दिन आग्रह गरेका थिए

प्रमुख समाचार

भिडियो संग्रह