ताजा अपडेट :

कालोपत्र गरेको एक महिना नबित्दै दोविल्ला फलेवास सडकको बिजोग

कालोपत्र गरेको एक महिना नबित्दै दोविल्ला फलेवास सडकको बिजोग

पर्वत  ५ असोज ।
 ठेकेदारको लापरबाही र सडक विभागको बेवास्ताले दोविल्ला फलेवास सडकको कालोपत्रे उप्किएको भन्दै स्थानीयले बिरोध गरेका छन । पछिल्लो साता कालोपत्रे गरिएको झण्डै एक सय मिटर सडक पुन कालोपत्रे गर्नुपर्ने अवस्थामा पुगेको छ । स्थानीयले मापदण्डअनुसारको सामाग्री नराख्दा र सडक विभागका कर्मचारी ठेकेदारसँग मिलेमतो गर्दा कालोपत्रे एक साता पनि नटिकेको बताएका छन् ।
बर्षाका क्रममा खोल्साको बाढीलाई एउटा ह्युमपाइपले धान्दैन कल्भर्ट हाल्ने सुझाब दिदा नमान्दा सडकमा थप क्षति भएको स्थानीय यामनारायण श्रेष्टले गुनासो गरे । खोल्साको बाढीले ठाउँठाउँको सडक समेत बगाएको छ ।
यो कालोपत्रेका लागि लामा कन्ट्रक्सन प्रालिले एक हजार छ सय मिटर कालोपत्रे गर्नेगरी ठेक्का लिएको हो । तीन करोडमा ठेक्का आब्हान गरेपनि ठेकेदारले ३८ प्रतिशत छाडेर लिएको थियो । ठेकेदार कम्पनीले गुणस्तरमा बेइमान नभएको दाबी गरेको छ । ठेकेदार डिबि तामाङले सडक विभागका कर्मचारीकै निगरानीमा भएको कामलाई दोष दिन नमिल्ने बताए ।
यता सडक डिभिजन कार्यालय बागलुङका प्रमुख राजेश पौडेलले ठेकेदारलाई कामका लागि जिम्मा दिएकाले कालोपत्रे उप्केको बिषयमा आफुलाई कुनै मतलब नभएको बताए ।
         सडक कालोपत्रे गर्नका लागि १८ करोड रुपैया खर्च हुनेछ र ३ बर्ष सम्ममा फलेबास सम्म सडक कालोपत्रे बन्नेछ । दोबिल्ला –फलेबास सडकको निर्माण कार्य २०५१ साल देखि शुरु भएको थियो । उक्त सडकको ट्रयाक खोल्न र स्तरउन्नती गरि ग्राभेल गर्न अहिले सम्म करोडौ रुपैया खर्च भैसकेको छ ।

प्रमुख समाचार

भिडियो संग्रह