ताजा अपडेट :

म्याग्दीक भकिम्ली–२ मरेकबाट यसबर्ष करिव १३ लाख मुल्य बराबरको सुन्तला

म्याग्दीक भकिम्ली–२ मरेकबाट यसबर्ष करिव १३ लाख मुल्य बराबरको सुन्तला
पुस २२,म्याग्दी
म्याग्दीक भकिम्ली–२ मरेकबाट यसबर्ष करिव १३ लाख मुल्य बराबरको सुन्तला उत्पादन भएको छ । सुन्तलाको पकेट क्षेत्र मानिने मरेकका कृषकले ४० हजार देखी ३ लाख बराबरको सुन्तला उत्पादन गरेको कृषक प्रेम बहादुर थापाले बेनीअनलाइनलाई बताए । ‘उत्पादन पनि राम्रो छ ।गतबर्ष रोगका कारण कृषकले राम्रो मुल्य पाएनन्’ थापाले भने ।उनका अनुसार सुन्तला खरिद गर्न पोखराबाट ब्यापारीले सवारीसाधन सहित गाउँमै आएपछि कृषक उत्साहित भएका छन् ।गाउँबाट पदम बहादुर केसी, बीर बहादुर थापा, इन्द्र बहादुर थापा, पदम बहादुर थापा, जमुना थापा, धना थापा, कर्ण कुमारी पुर्जा, धन बहादुर पुन कर्ण बहादुर खत्री र बल बहादुर पु्नले ब्यवसायीक सुन्तला खेती गरिरहेका छन् ।कुनैसमय घरायसी प्रयोजन र खेतबारीमा लगाएका सुन्तलाले अपेक्षा गरेभन्दा राम्रो फल दिएपछि सुरु भएको सुन्तला खेती गाउँको प्रमुख आम्दानीको स्रोत बनेको छ । सडकको अभाव तथा फुल फुल्ने समयसम्म ग्राहकको पर्खाईमा रहने गरेका कृषकहरूले तीनबर्ष यता बोटबाटै काँचो सुन्तला विक्री गरेर नगद बुझ्ने गरेका छन् । एकसाता भित्र सुन्तलाबारीबाट करिव ९० प्रतिशत सुन्तला निर्यात हुने छ ।बोटमै सुन्तलाको उचित मुल्य र जिल्लाबाहिर समेत बजार पाउन थालेपछि सुन्तलाखेती विस्तार गरिरहेको कृषक विरबहादुर थापाले बताए । ‘मेहनत अनुसारको मुल्य पाएपछि उत्साहित छौ ।अहिले सिंगो गाउँ नै सुन्तला खेतीमा आर्क्षित भएको छ’ थापाले भने । ‘ए’ र ‘बी’ ग्रेडको सुन्तला ४५ रुपैयाँ र ‘सी’ २५ रुपैयाँ ब्यापारीले गाउँमै मुल्य दिएर ढुवानी गरेका छन् ।२१ घरधुरी रहेको मरेकमा ६ सय विरूवाले पहिलो पटक फल दिने भएकाले पनि तीनबर्ष पछि उत्पादन दोब्वर हुने कृषकको भनाई छ ।बेनी नगरपाालिकाको बास्कुना हुदै सडक सञ्जालले गाउँमा सडक विस्तार भएपछि ब्यापारीसंग बारीमा मुल्यको बार्गे्निङ गर्ने गरेका छन्। गतबर्ष मरेकको सुन्तला म्याग्दी, धादिङ, काठमाण्डौ लगाएतका क्षेत्रमा पुगेको थिया

 

प्रमुख समाचार

भिडियो संग्रह