ताजा अपडेट :

ठूलोपाखा सामुदायिक वनको आम भेला सम्पन्न

ठूलोपाखा सामुदायिक वनको आम भेला सम्पन्न

पर्वत, १७पुस
ठूलो पाखा सामुदायिक वन  उपभोक्ता समिति खानीगाउँको आमभेला शनिवार सम्पन्न भएको छ । सामुदायिक वनको ब्यवस्थापनका विषयमा केन्द्रित आमभेलाले वन ब्यवस्थापनका लागि कार्य योजना निर्माण गरेको छ ।
आमभेलामा बोल्दै वन कार्यालयका सहायक वन अधिकृत हितनाथ भट्टल वन ब्यवस्थापनमा सवै पक्ष एक हुनुपर्ने बताए । उनले बन डढेलोबाट बार्षिक सयौ हेक्टर बनको विनास भईरहेको भन्दै सामुदायिक पहलमा ढडेलो नियन्त्रण गर्न आवश्यक रहेको समेत बताए । भेलामा ज्ञादी इलाका वनका प्रकाश पौडेल, सामुदायिक वन उपभोक्ता महसंघ पर्वतका सदस्य परशुराम सुवेदी, कोल्डाडा सामुदायिक वनका अध्यक्ष लकास सुवेदी लगाएतले मन्तब्य ब्यक्त गरेका थिए । सामुदायिक वनक अध्यक्ष धनराज सुनारको अध्यक्षतामा सम्पन्न कयृक्रमको सञ्चालन पुन्यप्रसाद सुवेदीले गरेक थिए ।

 

 

प्रमुख समाचार

भिडियो संग्रह