ताजा अपडेट :

बाजुरा केन्द्रबिन्दु रहेको भुकम्प ।।

पुस ४
आज बिहान बाजुराको जगननाथ केन्द्रबिन्दु भएको ५ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ४ बजेर २ मिनेटमा आएको भुकम्पको धक्का कर्णालीका पाचैँवटा जिल्ला सहित मध्यपश्चिम र सुदुरपश्चिम सहित पोखरा, बाग्लुङ, पाल्पा लगायतका जिल्लामा यसको धक्का महशुस गरिएको छ । भूकम्पपछि साना पराकम्प गइरहेको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का थाहा पाउने बित्तिकै सुतिरहेकाहरु स्थानियहरु जर्याकजुरुक उठेर घर बाहिर निस्केका थिए । यो भूकम्पको वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पसँग कुनै सम्बन्ध नरहेको केन्द्रले जनाएको छ । क्षतिको विवरण अहिलेसम्म केही आएको छैन ।

प्रमुख समाचार

भिडियो संग्रह