- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
गाउँको सहकारीमा ५ करोड पुँजी
गाउँको सहकारीमा ५ करोड पुँजी
पर्वत,पुस १२
जिल्लाको सुदुर दक्षिणको त्रिवेणी गाविसमा रहेको एक सहकारीको कुल ५ करोड पुँजी संकलन भएको छ । २०५६ सालबाट शुरुवात गरिएको त्रिवेणी बहुउद्देश्यीय सहकारी संस्थाले उक्त पुँजी संकलन गरेको हो । हालसम्म ५ सय ६५ जना कुल शेयर सदस्यहरु रहेको सहकारीले २ करोड भन्दा बढि निक्षेप रकम संकलन गरेको सहकारीका ब्यवस्थापक कृष्ण भुर्तेलले जानकारी दिए । भुर्तेलका अनुसार कुल ५६ लाख रुपैंया शेयर पुँजी रहेको सहकारीले कृषिजन्य तथा लघु उद्यमीहरुका लागि ऋण प्रवाह गरीरहेको छ ।
युवा स्वरजोगारबाट ३५ रुपैंया ऋण रकम लिएको सहकारीले यस बर्ष ५२ लाख रुपैंया स्विकृत गराएको छ । अधिकतम ६५ हजारसम्म शेयर रकम रहने गरी सदस्यहरुबाट शेयर रकम सहरकारी उठाएको सहकारीका अध्यक्ष भिमसेन गुरुङले जानकारी दिए । ‘स्थापना कालमा धेरै मेहनत गरयौ’ सहकारीका अध्यक्ष गुरुङ भन्छन–‘अहिले ऋण प्रवाह गर्ने ठाउँको खोजीमा छौं ।’ अधिकतम १८ प्रतिशतसम्म ऋण प्रवाहमा ब्याज रकम लिने गरेको बताउँदै अध्यक्ष गुरुङले सहकारीबाट ऋण लगेका केहि युवाहरु भने ब्यवसायीक कृषि फार्म सञ्चालनमा लागेका छन ।
सहकारीबाट ऋण लगेकाहरु मध्ये मेघनाथ बस्याल, चुडामणी काफ्ले, देवी आचार्य लगाएतले ब्यवसायीक गाईँ फार्म र कृषि टलेन सञ्चालन गरीरहेको सहकारीले जनाएको छ । जिल्लाको सुदुर दक्षिण गाविस त्रिवेणीमा रहेको उक्त सहकारीमा बेउलीबास, हुवास, सरौखोला लगाएतका गाविसका स्थानीयहरु सहभागी छन । सहकारीमा दैनिक वचत, ऋण लगानी तथा मल विउ बिक्री कार्य समेत हुँदै आएको छ ।
सहकारीको आफ्नै जग्गामा अहिले साझा सुविधा केन्द्रको समेत निर्माण हुन लागेको छ । उद्यमीहरुको उत्पादनलाई ब्यवस्थित गर्न विभिन्न संघ संस्थाहरुको सहयोगमा सहकारीको आफ्नै जग्गामा निर्माण हुन लागेको उक्त भवनमा सहकारीको आफनै कार्यालय समेत रहेन सहकारीका अध्यक्ष गुरुङले जानकारी दिए ।