ताजा अपडेट :

मुटुरोग शिविरमा ४ सय ५० को उपचार

मुटुरोग शिविरमा ४ सय ५० को उपचार
पर्वत,११पुस
           पर्वतको सदरमुकाम कुश्मामा रहेको आदर्श माविमा विशेषज्ञ डाक्टर सहितको मुटुरोग शिविर सम्पन्न भएको छ । शिविरमा ४ सय ५० जना मुटुका रोग भएकाहरुको जाँच गरिएको छ । शिविरमा मुटुको औषधी खाईरहेका, मुटु भड्किने, उच्च रक्तचाप भएका लगायत मुटुरोग संग सम्बन्धित विरामीहरुको उपचार भएको विद्यालयका प्रिन्सीपल हिमवहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभयो ।
            शिविरमा शहिद गंगालाल हृदय रोग केन्द्रका पूर्व कन्सल्टेन्ट कार्डियोलिजिष्ट तथा चितवन मेडिकल कलेजका प्राध्यापक डाक्टर श्यामराज रेग्मीले विरामीहरुको जाँच गर्नुभएको थियो भने अन्य प्राविधिक सहयोग जिल्ला अस्पताल पर्वत, भिगा फर्मासुटिल्कस् काठमान्डौ,गणेश मेडिकल हल कुस्मा लगायतका संस्थाले गरेका छन् ।
          उक्त अवसरमा डाक्टर सुवी रेग्मीले व्याक्तिगत रुपमा गुप्तेश्वर संस्कृत पाठशालाका बिधार्थीहरुलाई शौक्षिक सामाग्री,आदर्श माविका बिद्यार्थीहरुलाई खेलकुद सामाग्रीहरु प्रदान गर्नुभयो । विद्यालयले पुर्व बिधार्थी एवम जुरेस २०६४ का पुर्व अध्यक्ष तथा सञ्चारकर्मी रामकृष्ण लामिछोलाई नगद ५ हजार ५ सय ५५ ले सम्मान पत्रद्धारा सम्मान गरिएको छ ।
         कार्यक्रममा कुश्मा नगरपलिकाका कार्यकारी अधिकृत एवमं उक्त बिधालयका पुर्व शिक्षक कुमानसिहं गुरुङ,जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख डा.फडिन्द्र बरालले यस्ता कार्यक्रमले नागरीकको जीवनमा प्रत्यक्ष सरोकार राख्ने भएकाले अन्य बिधालयहरुले पनि यी र यस्तै कार्यक्रमहरु गर्नुपर्नेमा जोड दिनुभयो ।
        कार्यक्रममा लायन्स क्लव अफ काठमाण्डौ हाईटका निर्देशक रामचन्द्र सुवेदी,जिल्ला प्रहरी कार्यलयका प्रमुख शेखर खनाल,शसत्र प्रहरीका गणपति पञ्चरत्न चौधरी, लायन्स क्लव अफ ३२५ वि वानका जी.एल.टी कार्डिनेटर लेखनाथ उपाध्याय,लायन्स कल्व अफ शिवालयका अध्यक्ष बिषमकुमार श्रेष्ठ, लियो क्लब अफ काठमान्डौ हाईटका बिनोद खाती, लियो क्लब अफ पर्बतका अध्यक्ष सुरेन्द्र पौडेल,गुप्तेश्वर वेदवेदाङ्ग संस्कृत पाठशालाका शिक्षक पद्मराज उपाध्याय,प्याब्सनका सचिव रामकृष्ण रेग्मी,पुस्तक तथा स्टेशरी व्यवसायी समिती पर्बतका अध्यक्ष रमेश पौडेलले वोल्नुभएको थियो ।
          बिधालय व्यबस्थापन समितीका अध्यक्ष गणेशमान श्रेष्ठको अध्यक्षता,बिधालयका प्रिन्सीपल हिमबहादुर पौडेलको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन शिक्षक कमल थापाले गर्नुभएको थियो ।

प्रमुख समाचार

भिडियो संग्रह