- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
इनरह्वील क्लव अफ पर्वतको दोश्रो पदस्थापना समारोह सम्पन्न
इनरह्वील क्लव अफ पर्वतको दोश्रो पदस्थापना समारोह सम्पन्न
पर्वत,पुस १०
इनरह्वील क्लव अफ पर्वतको दोश्रो पदस्थापना समारोह शनिवार सदरमुकाम कुश्मावजारमा सम्पन्न भएको छ । समारोहमा क्लवका संस्थापक एवम् वर्ष २०१५÷१६ का अध्यक्ष लक्ष्मी कुमारी मेधासीले वर्ष २०१६÷१७ का अध्यक्ष सावित्री खत्री क्षेत्रीलाई आफ्नो पद तथा जिम्मेवारी हस्तान्तरण गरे पश्चात क्लवका सवै पदाधिकारीको पदस्थापना गरिएको थियो । नयाँ पदस्थापित हुने क्लवका पदाधिकारीहरुमा आगामी अध्यक्ष चन्द्रकला लम्साल पौडेल, उपाध्यक्ष जमुना अधिकारी, सचिव जलन खत्री के.सी., सहसचिव ओम्ना क्षेत्री र कोषाध्यक्ष अनिता सापकोटा चापागाई हुनुहुन्छ । यसै गरी क्लवका अन्य पदाधिकारीहरुमा अन्तर्राष्ट्रिय सेवा आयोजकमा लक्ष्मी कुमारी पौडेल, कार्यकारी सचिव एवम् इडिटरमा खिममायाँ पाईजा गिरी, कार्यकारिणी सदस्यहरुमा पार्वती ढकाल पौडेल, प्रेम कुमारी मल्ल, सुजता वि.पौडेल, सिता कुमारी शर्मा र गंगा कुमारी शर्मा रहनु भएको छ ।
जिम्मेवारी हस्तान्तरण गर्दै इनरह्वील क्लव अफ पर्वतका संस्थापक अध्यक्ष लक्ष्मी कुमारी मेधासीले क्लववाट सिमित स्रोत साधनका वावजुद वाल मन्दिर प्रा.वि. मा ६ थान कम्प्युटर सहयोग गरिएको, पर्वतमा वृहत स्वास्थ्य शिविर सम्पन्न गरिएको, मनकामना प्रा.वि. मा कम्प्युटर सहित शैक्षिक सामाग्री सहयोग गरिएको जानकारी गराउनु भयो । पद तथा जिम्मेवारी स्वीकार गर्दै वर्ष २०१६÷१७ का अध्यक्ष सावित्री खत्री क्षेत्रीले क्लवले विगतमा शुरुवात गरेका कार्यक्रमहरुलाई निरन्तरता दिंदै स्थानीय समुदायको माग, क्लवको स्रोत साधनलाई मध्येनजर गरी नयाँ कार्यक्रमहरु सञ्चालन गरिने वताउनु भयो । कार्यक्रममा इनरह्वील व्यवसायिक सम्मानवाट पर्वत जिल्ला ठानामौला गाविस वडा नं. १ मा घर भै जिल्ला सदरमुकाम कुश्मावजारमा व्युटीसिएन व्यवसाय गर्दै आएकी हरिमायाँ कुँवरलाई प्रदान गरिएको थियो ।
सम्मानित व्यवसायीलाई क्लवका अध्यक्ष खत्री, संस्थापक अध्यक्ष मेधासी र प्रमुख अतिथि व्यवस्थापिका संसदका सदस्य कल्पना चापागाईले सम्मानपत्रका साथ दोसल्लाले सम्मान गरिएको थियो । कार्यक्रममा आफ्नो कार्यकाल सफल वनाउन सहयोग पु¥याउनु हुने जिल्ला विकास समिति पर्वत, नेष्डो नेपाल पर्वत लगायतलाई संस्थागत सम्मान एवम् क्लवका आगामी अध्यक्ष चन्द्रकला लम्साल, उपाध्यक्ष जमुना अधिकारी, कार्यकारी सचिव खिममायाँ पाईजा पुरी, रोटरीयन उत्तम अधिकारी, अतिथि कलाकार सुक वहादुर पुन, अनिता सोती, निम्श्री राना लगायतलाई संस्थापक अध्यक्ष मेधासीले आभारपत्रले सम्मान गर्नु भएको थियो । यसै विच प्रमुख अतिथि चापागाईले इनरह्वील क्लवको वािर्षक प्रकासन “द इनरह्वील भ्वाईस” को लोकार्पण गर्नु भएको थियो ।
समारोहमा वोल्दै व्यवस्थापिका संसदका सदस्य कल्पना चापागाईले पर्वत जिल्लामा पनि महिलाहरुको अन्तर्राष्ट्रिय क्लव स्थापना भई क्रियाशिल रहनु खुशीको कुरा भएको वताउदै हाम्रो पुरुषको तुलनामा एउटै काम गर्न महिलाहरुले वढि चुनौतीको सामना गर्नुपर्ने वताउनु भयो । आँफू पनि सामाजिक अभियानमा समाहित भएको वताउदै उहाँले इनरह्वील क्लवका हरेक रचनात्मक कार्यमा आफ्नो साथ रहने वताउनु भयो । यसै गरी नेपाली काँग्रेसका जिल्ला सचिव एवम् रोटरी क्लव अफ पर्वतका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले इनरह्वील अभियानमा समाहित हुँदा महिलाको नेतृत्व विकास र समुदायले सेवा पाउने वताउनु भयो ।
कार्यक्रममा पर्वत उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपी अधिकारी, उद्योग उपाध्यक्ष शिव शर्मा पौडेल, पर्वत वार इकाइका अध्यक्ष विश्वराज पाण्डे, सामुदायिक वन उपभोक्ता महासंघ, पर्वतका अध्यक्ष किशोर सापकोटा, फेडेन नेपाल पर्वतका अध्यक्ष गणेश वहादुर क्षेत्री, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ, पर्वतका उपाध्यक्ष उत्तम प्रसाद अधिकारी, नेष्डो नेपालका महासचिव प्रेम प्रसाद पौडेल, महिला तथा वालवालिका कार्यालयका निमित्त प्रमुख तारादेवी सुनार, रोट्रयाक्ट क्लव अफ पर्वतका संस्थापक अध्यक्ष मोहन आचार्य र सम्मानित व्यक्तित्व हरिमायाँ कुँवरले इनरह्वील क्लवले समाजमा पु¥याएको योगदानको वारेमा धारणा राख्नु भएको थियो ।
पदस्थापना समारोहको शुभारम्भ संस्थापक अध्यक्ष लक्ष्मी कुमारी मेधासीको अध्यक्षता, समापन वर्तमान अध्यक्ष सावित्री खत्री क्षेत्रीको अध्यक्षता, क्लवका आगामी अध्यक्ष चन्द्रकला लम्साल पौडेलको स्वागत, उपाध्यक्ष जमुना अधिकारीको धन्यवाद एवम् सहसचिव ओम्ना क्षेत्रीको सञ्चालन सम्पन्न भएको थियो ।
- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"