ताजा अपडेट :

पर्वत साहित्य सङ्गमका पाँच पुरस्कार वितरण

पर्वत साहित्य सङ्गमका पाँच पुरस्कार वितरण
पर्वत,पुस १०

जिल्लाको सबैभन्दा जेठो साहित्यिक संस्था पर्वत साहित्य सङ्गमले आफू मातहत स्थापना गरिएका विभिन्न पाँचवटा पुरस्कार शनिवार वितरण गरेको छ । नेपाली भाषा, साहित्य, कला, संस्कृति तथा समग्र नेपाली बाङ्मयको उन्नयनमा उल्लेख्य योगदान पु¥याउने स्रष्टाहरुलाई प्रदान गर्ने गरी स्थापना गरिएका पुरस्कारहरु यो वर्ष २०७३ का लागि धौलागिरि अञ्चलमा जन्मे हुर्केर साहित्य तथा शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुभएका पाँचजना व्यक्तित्वलाई प्रदान गरिएको हो ।


बागलुङ जिल्ला नारायणस्थान गाविसका कवि तथा निबन्धकार भुपिन खड्कालाई ‘पर्वत साहित्य सङ्गम साहित्यिक पुरस्कार’ म्याग्दी जिल्ला बेनी नगरपालिकाका कवि एवम् साहित्यकार भक्त कार्कीलाई ‘मान–पदम साहित्यिक पुरस्कार’ पर्वत जिल्ला लिमिठानाका कवयित्री एवम् साहित्यकार साधना प्रतिक्षालाई ‘डिल्ली–राधा साहित्यिक पुरस्कार’ प्रदान गरिएको छ र यी तीनवटै पुरस्कारको राशी जनही १०÷१० हजार रुपैयाँ नगद, दोसल्ला र प्रशंसापत्र रहेको  पर्वत साहित्य सङ्गमका अध्यक्ष राजेन्द्र पहाडीले जानकारी दिनुभयो ।

 
अन्य पुरस्कारहरुमा ‘नमूना साहित्य तथा शिक्षा पुरस्कार’ पर्वत जिल्ला शंकरपोखरी गाविसका कृषिविज्ञ तथा साहित्यकार सदानन्द जैशी अभागीलाई र ‘संस्कृति बालप्रतिभा पुरस्कार’ पर्वत जिल्ला कुश्मा नगरपालिका, पाङका बाल–प्रतिभा अमन पौडेललाई प्रदान गरिएको छ । यी दुबै पुरस्कारको राशी जनही ५÷५ हजार रुपैयाँ नगद, दोसल्ला र प्रशंसापत्र रहेको छ ।पर्वत साहित्य सङ्गमका अध्यक्ष राजेन्द्र पहाडीले दिएको जानकारी अनुसार पर्वत साहित्य सङ्गमको आन्तरिक श्रोतबाट रु. ५० हजार राशीको अक्षयकोष स्थापना गरी ‘पर्वत साहित्य सङ्गम साहित्यिक पुरस्कार’, संस्थाका निर्वतमान अध्यक्ष इन्द्रमान खत्रीले रु ५० हजार राशीको अक्षयकोष स्थापना गरी ‘मान–पदम साहित्यिक पुरस्कार’ र वर्तमान सचिव डीआर शर्माले रु. ५० हजार राशीको अक्षयकोष स्थापना गरी ‘डिल्ली–राधा साहित्यिक पुरस्कार’ स्थापना गरिएको हो ।


यसै गरी सदरमुकाम कुश्मामा रहेको नमूना आवासीय माध्यमिक विद्यालयले रु. २५ हजार राशीको अक्षयकोष स्थापना गरी ‘नमूना साहित्य तथा शिक्षा पुरस्कार’ र सङ्गमका सदस्य सुशिल थकाली ‘अनुरागी’ले रु. १० हजार राशीको अक्षयकोष राखी ‘संस्कृति बालप्रतिभा पुरस्कार’ स्थापना गरिएको हो । पाँचवटै पुरस्कारहरु २÷२ वर्षमा प्रदान गरिने गरी व्यवस्थापन गरिएको थियो । प्राज्ञ तिर्थ श्रेष्ठले उनिहरुलाई पुरकार, दोसल्ला सम्मान पत्र हस्तान्तरण गरेका गर्नुभएको थियो । सो अवसरमा श्रेष्ठले नेपाली साहित्यको संरक्षण र सम्वद्र्धमा राज्यले विशेष चासो दिनुपर्ने बताउनुभयो ।

 

 

प्रमुख समाचार

भिडियो संग्रह