ताजा अपडेट :

प्रजातन्त्र सेनानी संघको अधिवेशन

प्रजातन्त्र सेनानी संघको अधिवेशन
पर्वत,पुस १०

नेपाली काँग्रेसका भातृसंगठन नेपाल प्रजातन्त्र सेनानी संघ जिल्ला कार्य समिति पर्वतको दोस्रो अधिवेशन तथा तेस्रो जिल्ला सभा सम्पन्न भएको छ । कुश्मामा सम्पन्न भएको अधिवेशनले पुन हरिप्रसाद शर्माको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा नारायणप्रसाद जोशी, सचिवमा देवीप्रसाद विलासी, कोषाध्यक्षमा धनेश्वर रेग्मी, सह सचिवमा कुलप्रसाद उपाध्याय चयन हुनुभएको छ । अधिवेशनले सदस्यहरुमा भवानी शंकर पौडेल, जीतवहादुर सुनार शेरवहादुर, प्रवक्ता गंगाराज शर्मा, सोमलाल आचार्य, रणवहादुर लामिछाने, कमलप्रसाद लामिछाने, कमलप्रसाद लामिछाने, कृष्णप्रसाद लामिछाने, गंगाधर तिवारी, थानेश्वर तिवारी, क्याप्टेन धनवहादुर थापा, डम्वर कुँवर प्रधान, हरिराम रेग्मी चयन हुनुभएको छ


। त्यस्तै सल्लाहकार समितिमा कृष्णवहादुर जोशी, लोकनाथ आचार्य, सुन्दरप्रसाद जोशी, चुडामणि शर्मा, र खिमप्रसाद भुषाललाई चयन गरेको छ । अधिवेशनले राष्ट्रिय अधिवेशनका लागि पार्रता सदस्य समेत तोकेको छ । पार्रता सदस्यमा भवानी शंकर सुन्दरप्रसाद जोशी, चुडामणि शर्मा, गंगाधर तिवारी, गंगाराज शर्मा, देवीप्रसाद विलासीलाई चयन गरेको छ भने परेवेक्षकमा धनेश्वर रेग्मी र हरिराम रेग्मीलाई चयन गरेको सल्लाहकार सुन्दरप्रसाद जोशीले जानकारी दिनुभयो ।

 

साथै अधिवेशनवाट जिल्लाको प्रजातन्त्र प्राप्तीको लागि योगदान दिने १ सय ३० जनाको नाम छनोट गरेको जनाएको छ । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुषालले पर्वतको इतिहासमा प्रजातन्त्र सेनानीले महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो । उहाँले पार्टी एक ढिक्का भएर लाग्नु पर्नेमा जोड दिँदै अव हुने स्थानिय निकायको चुनावका लागि लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल तरुणदलका केन्द्रिय कोषाध्यक्ष विद्धान गुरुङ, पर्वत क्षेत्र नम्वर २ का महाधिवेशन प्रतिनिधी जीतवहादुर सुनार शेरवहादुर,नेपाल प्रजातन्त्र सेनानी संघ जिल्ला कार्य समिति पर्वतका पूर्व सचिव कुलप्रसाद शर्मा,कवि तथा साहित्यकार सदानन्द जैसी लगायतले बोल्नु भएको थियो । नेपाल प्रजातन्त्र सेनानी संघ जिल्ला कार्य समिति पर्वतका अध्यक्ष हरिप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत तथा सञ्चालन सल्लाहकार सुन्दरप्रसाद जोशीले गर्नुभएको थियो ।

 

 

प्रमुख समाचार

भिडियो संग्रह