ताजा अपडेट :

ट्राफिकद्धारा राजमार्गमा आकस्मिक चेकजाँच

ट्राफिकद्धारा राजमार्गमा आकस्मिक चेकजाँच
पर्वत, असोज ५

चाडवाडको आवागमनसँगै बढ्न सक्ने दुर्घटनालाई न्यूनिकरण गर्न पोखरा–बागलुङ सडकमा आकस्मिक चेकजाँच शुरु गरिएको छ ।
जिल्ला ट्राफिक कार्यालयले आकस्मिक चेकजाँच गर्न शुरु गरेको हो ।  क्षमता भन्दा बढि यात्रु तथा मालसामान बोक्ने, विना कागजात सवारीसाधन गुडाउने, रुट परमिट नलिने जस्ता गतविधि बढ्न थालेपछि जिल्लाको मुख्य नाका पोखरा–बागलुङ सडक र ग्रामीण क्षेत्रका सडकमा पनि आकस्मिक चेकजाँच गर्न थालिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख महेन्द्र रानाभाटले जानकारी दिए । उनका अनुसार सडक दुर्घटना न्यूनिकरण गर्नका लागि प्रहरी प्रशासन र स्वयं व्यावसायीहरुको सहभागितामा आकस्मिक चेकजाँच शुरु गरिएको हो ।
चेकजाँचका क्रममा चालक अनुमति पत्र बिना सवारीसधान संचालन गरेको, क्षमता भन्दा बढि यात्रुहरु राखेको, चालक अनुमति पत्र तथा ब्लुबुक नविकरण नगरेको र सामान बोक्ने प्रयोजनका लागि अनुमति लिएकाहरुले यात्रु बोक्ने गरेको जस्ता गतिविधि गरेका सवारी साधनहरु कारवाहिमा परेका छन् । उनिहरुलाई सरकारले तोकेको न्यूनतम ५ सय रुपैयादेखि ५ हजार रुपैयासम्म जरिबाना गर्ने गरिएको ट्राफिक प्रमुख रानाभाटले जानकारी दिए ।
 अहिले पोखरा बागलुङ राजमार्गको डिमुवा देखि मालढुंगासम्म दैनिक फरक फरक ठाउँमा चेकजाँच गरिने जनाइएको छ । अन्य समयमा भन्दा चाडबाडको समयमा बढि दुर्घटना हुने र चालकहरुले लापरवाहि गर्ने भएकाले आकस्मिक चेकजाँच गर्ने कार्यलाई तिब्रता दिईएको हो ।
निजि सवारी साधनहरुलाई चेकजाँच नगरिकन त्यसै छाड्ने गुनासो आएकाले अहिले निजि सवारीसाधनहरुलाई पनि कडाई गरिएको छ ।
गत वर्षपनि झण्डै ६ हजार सवारी साधन कारवाहिमा परेका थिए । जसवाट साढे २७ लाख रुपैया राजश्व समेत संकलन भएको थियो ।
 कालोपत्र गरेको एक महिना नबित्दै दोविल्ला फलेवास सडकको बिजोग

ठेकेदारको लापरबाही र सडक विभागको बेवास्ताले दोविल्ला फलेवास सडकको कालोपत्रे उप्किएको भन्दै स्थानीयले बिरोध गरेका छन । पछिल्लो साता कालोपत्रे गरिएको झण्डै एक सय मिटर सडक पुन कालोपत्रे गर्नुपर्ने अवस्थामा पुगेको छ । स्थानीयले मापदण्डअनुसारको सामाग्री नराख्दा र सडक विभागका कर्मचारी ठेकेदारसँग मिलेमतो गर्दा कालोपत्रे एक साता पनि नटिकेको बताएका छन् ।
बर्षाका क्रममा खोल्साको बाढीलाई एउटा ह्युमपाइपले धान्दैन कल्भर्ट हाल्ने सुझाब दिदा नमान्दा सडकमा थप क्षति भएको स्थानीय यामनारायण श्रेष्टले गुनासो गरे । खोल्साको बाढीले ठाउँठाउँको सडक समेत बगाएको छ ।
यो कालोपत्रेका लागि लामा कन्ट्रक्सन प्रालिले एक हजार छ सय मिटर कालोपत्रे गर्नेगरी ठेक्का लिएको हो । तीन करोडमा ठेक्का आब्हान गरेपनि ठेकेदारले ३८ प्रतिशत छाडेर लिएको थियो । ठेकेदार कम्पनीले गुणस्तरमा बेइमान नभएको दाबी गरेको छ । ठेकेदार डिबि तामाङले सडक विभागका कर्मचारीकै निगरानीमा भएको कामलाई दोष दिन नमिल्ने बताए ।
यता सडक डिभिजन कार्यालय बागलुङका प्रमुख राजेश पौडेलले ठेकेदारलाई कामका लागि जिम्मा दिएकाले कालोपत्रे उप्केको बिषयमा आफुलाई कुनै मतलब नभएको बताए ।
         सडक कालोपत्रे गर्नका लागि १८ करोड रुपैया खर्च हुनेछ र ३ बर्ष सम्ममा फलेबास सम्म सडक कालोपत्रे बन्नेछ । दोबिल्ला –फलेबास सडकको निर्माण कार्य २०५१ साल देखि शुरु भएको थियो । उक्त सडकको ट्रयाक खोल्न र स्तरउन्नती गरि ग्राभेल गर्न अहिले सम्म करोडौ रुपैया खर्च भैसकेको छ ।  

 

 

प्रमुख समाचार

भिडियो संग्रह