ताजा अपडेट :

पर्वतमा हालसम्म झण्डै एक लाख मतदाताको नामावली संकलन, अद्यावधिक र दावीविरोध सच्याउने अभियान शुरु

पर्वतमा हालसम्म झण्डै एक लाख मतदाताको नामावली संकलन, अद्यावधिक र दावीविरोध सच्याउने अभियान शुरु
पर्वत,६ पुस

पर्वतमा झण्डै एक लाख मतदाताको नामावली संकलन भएको छ । जिल्ला निर्वाचन कार्यालयले संविधनसभाको निर्वाचनदेखि हालसम्म ९९ हजार १ सय ३३ जना मतदाताको नामावली संकलन गरेको जनाएको छ । जस मध्ये १८ वर्ष माथिका मतदताको संख्या ९७ हजार ३ सय ९३ रहेको छ । संविधानसभाको  २०७० सालको दोस्रो निर्वचन पश्चात संकलन भएका १३ हजार ३ सय १९ मतदाताको मतदाता नामवलीमा दावी विरोधको कानूनी प्रकृया हुन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जस मध्ये ५२ प्रतिशत महिला र ४८ प्रतिशत पुरुष रहेको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो ।

सरकारले स्थानिय निकायको निर्वाचनको मिति तोक्ने तयारी गर्दैगर्दा पर्वतमा अर्को चरणको मतदाता नामावली संकलन अभियान पनि शुरु भएको छ । पुस १ गतेदेखि अभियान शुरु भएको हो । जिल्लाका विभिन्न गाविस र नगरपालिकामा नामावली संकलन, अद्यावधिक र दावि विरोध समेतको कार्यक्रम पुस ७ गतेदेखि माघ २१ गतेसम्म डेढ महिनासम्म संचालन हुने भएका छ । दावी विरोधको कार्यक्रम भने पुस ६ गतेदेखिनै लागु हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।


अभियान बाहेक जिल्ला प्रशासन कार्यालय पर्वत र इलाका प्रशासन कार्यालय हुवासवाट पनि नियमित रुपमा मतदाता नामावलीमा नाम दर्ता गराउन, सच्याउन वा दावी विरोध गर्न पाईने भएको छ । सरकारले घोषणाको तयारी गरेका तीनै तहको निर्वाचनमा मतदान गर्नबाट कोहिपनि बञ्चित नहोउन् भन्ने उद्धेश्यले व्यापक रुपमा तल्लो तहसम्म पुगेर नामावली संकलन गर्न थालिएको हो । त्यस्तै विगतमा संकलन भएका नामावलीमा नाम, थर, उमेर, ठेगाना र अन्य विवरण सहितका त्रुटिहरु पनि सच्याईने भएको छ भने विवाह, बसाईसराई र अन्य कारणवस नाम सार्ने वा हटाउने र मृत्यु भएकाको नाम हटाउने कार्यपनि गरिने भएको छ । त्यस्तै २०७० सालको निर्वाचन पश्चात दावी विरोधको कार्य नभएको अवस्थामा २०७३ साल आश्विन मसान्त सम्म दर्ता भई १८ वर्ष पुरा भएका व्यक्तिहरुको फोटो सहितको मतदाता नामावली दावी विरोधको कानूनी प्रकृया पुरा गरी अन्तिम मतदाता नामावली तयार गर्न थालिएको हो ।


अभियान अन्तर्गत जिल्लाका ४७ वटा गाउँ विकास समितिका सचिब र कुश्मा नगरपालिकाका १८ वटै वडासचिबहरुलाई एक दिन अभिम्ूखिकरण गरि परिचालन गरिएको छ । सहायक नाम दर्ता अधिकारीको रुपमा रहेका सचिबहरुलाई आ–आफ्नो क्षेत्रमा रहेको मतदाताहरुको नामावली संकलन गर्ने तथा अद्यावधिक गर्नका लागि परिचालन गरिने भएको हो । उनिहरुलाई गाविस, वडा र घरदैलो अभियान समेत संचालन गरेर कोहिपनि मतदाता मतदान गर्नबाट बञ्चित नहोस् भनेर तल्लो तहसम्म परिचालन गरिने भएको छ ।
त्यस्तै जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुखहरु र सरोकारवालाहरुसँग अन्तरक्रिया गरी आ–आफ्नो क्षेत्रबाट सवै नागरिकहरुलाई मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि सहयोग गरिदिन पनि कार्यालयले आग्रह गरेको छ ।

 

प्रमुख समाचार

भिडियो संग्रह