ताजा अपडेट :

एमालेको ४ नम्वर क्लष्टरको बैठक सम्पन्न

एमालेको ४ नम्वर क्लष्टरको बैठक सम्पन्न

पर्वत,६ पुस


नेकपा एमालेले पछिल्लो समय संचालन गरेको चार महिने जनपरिचालन अभियान अन्तर्गत ४ नम्वर क्लष्टरको विस्तारित वैठक कार्कीनेटामा मंगलवार सम्पन्न भएको छ ।

      वैठकलाई सम्वोधन गर्दै नेकपा एमाले केन्द्रिय अनुशासन आयोगका सदस्य गणेश शर्मा पौडेलले यो मलुकको अग्रगामी विकास गर्ने पार्टी भनकै एमाले भएकाले राष्ट्रियताको रक्षा, संविधानको सफल कार्यान्वयनका लागि कार्यकर्ताहरुलाई एकजुट भएर लाग्न आग्रह गरे । उनले अहिलेको सरकारले विदेशीको इशारामा संविधान संशोधन प्रस्ताव ल्याएको बताउँदै प्रस्ताव पास हुन नदिन एमालले देशव्यापी रुपमा आन्दोलन गर्नुपर्ने बताए ।

 

      कार्यक्रममा एमाले पर्वतका सचिब पदमपाणी शर्मा, जिल्ला सदस्य वैकुण्ठ भुसाल, ख्याम लामिछाने लगायतको सहभागिता रहेको थियो । वैठकले जनपरिचालन अभियानलाई प्रभावकारी बनाउने, कलष्टर अन्तर्र्गतका ७ वटै गाविसको वैठकको मिति समेत घोषणा गरेको छ ।

वैठकमा कार्किनेटा, थापाठाना, खौला, ठुलीपोखरी, आर्थरडाँडाखर्क, शंकरपोखरी र भँगरा गाविसका अगुवा नेताहरुको सहभागिता रहेको  थियो । सो अवसरमा नेपाली काँग्रेसका क्रियाशिल सदस्य ताराखर पाध्या सहित एक दर्जन कार्यकर्ता एमालेका प्रवेश गरेका थिए ।

 

प्रमुख समाचार

भिडियो संग्रह