- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
बसपार्क बनाउने योजना अधुरै
बसपार्क बनाउने योजना अधुरै
बागलुङ,६ पुस
दुई वर्षअघि सुरु भएको ‘बागलुङ बसपार्क’ निर्माण योजना अलपत्र परेको छ । राष्ट्रिय सडक सञ्जालसँग जोडिएको २५ वर्ष बित्दासमेत बागलुङमा व्यवस्थित बसपार्क निर्माण हुन सकेको छैन । बागलुङ नगरपालिका–११ का बासिन्दाले बसपार्क बनाउन रु ७० करोड बराबरको जग्गा निःशुल्क उपलब्ध गराउँदा पनि बसपार्क निर्माण कार्य अघि बढाइएको छैन । अवरुद्ध बनेको बसपार्क निर्माण कार्य अघि बढाउन दुई वर्षअघि स्थानीयवासीले साढे १७ रोपनी जग्गा नगरपालिकालाई हस्तान्तरण गरेका थिए । जग्गा हस्तान्तरणपछि जग्गा व्यवस्थापन तथा विकास समिति र बागलुङ नगरपालिकाबीच भएको सम्झौतामा छ महिनाभित्रै गुरुयोजना बनाएर बसपार्क निर्माणको काम अघि बढाउने उल्लेख थियो तर सम्झौता भएको दुई वर्ष बित्दा पनि गुरुयोजनासमेत निर्माण हुन सकेको छैन ।
सम्झौतामा चार वर्षभित्रै बसपार्क निर्माणको काम पूरा गरिने उल्लेख छ । करोडौँ मूल्य बराबरको जग्गा निःशुल्क उपलब्ध गराउँदा पनि बसपार्क निर्माण नहुँदा जग्गादाता पनि आक्रोशित छन् । बागलुङ नगरपालिका कार्यालयले भने बसपार्कको गुरुयोजना बनाउने जिम्मा पाएको सहरी विकास कोष (टिडिएफ)ले ढिलाइ गरेको आरोप लगाएको छ ।
नगरपालिकाका कार्यकारी अधिकृत युवराज अधिकारीले गुरुयोजनाको पूर्ण प्रतिवेदन आएपछि काम अघि बढ्ने बताउनुभयो ।
‘‘कन्सल्टेन्सीले ढिलो गरिरहेको छ, गत कात्तिकभित्रै प्रतिवेदन बुझाउने बताए पनि अझै प्राप्त भएको छैन”, अधिकृत अधिकारीले भन्नुभयो – “अन्तिम प्रतिवेदन आउनेबित्तिकै मापदण्डअनुसार बसपार्क निर्माणको काम अघि बढ्छ ।” बस्ती विकास र बसपार्क बनाउन स्थानीयवासीको ५९ रोपनी जग्गा व्यवस्थापन तथा विकास समितिको अधिनमा रहेकामा साढे १७ रोपनी जग्गामा ‘आधुनिक तथा बृहद्’ बागलुङ बसपार्क निर्माणका लागि नगरपालिकालाई दिइएको समितिका अध्यक्ष सुभाषचन्द्र राजभण्डारीले बताउनुभयो । उहाँले करोडौँ मूल्यको जग्गा निःशुल्क दिँदा पनि बसपार्क निर्माणको काम अघि नबढ्नु दुखद भएको बताउनुभयो । उहाँले तुरुन्त बसपार्क निर्माणको कामलाई अघि बढाउन नगरपालिकालाई आग्रह गर्नुभयो । “वर्षौंदेखि अलपत्र परेको बसपार्क निर्माणको काम अघि बढ्छ कि भनेर त्यत्रो जग्गा दियौँ, जग्गाधनीको ठूलो योगदान छ”, अध्यक्ष राजभण्डारीले भन्नुभयो – “नगरपालिका कार्यालयको ढिलासुस्ती र लापर्बाहीले अहिलेको अवस्था आएको हो ।”
समितिको नाममा रहेको ५९ रोपनी जग्गामध्ये ५० प्रतिशत भने जग्गाधनीले फिर्ता पाउने भएका छन् । पचास प्रतिशतमध्ये नगरपालिकालाई दिएर बचेको १२ रोपनीमा बस्ती नक्साङ्कन, बाटो, ढल, नाली, पानी, बिजुली जस्ता पूर्वाधार निर्माण गरिनेछ । बाँकी रहेको जग्गा ‘प्लटिङ’ गरी जग्गाधनीलाई फिर्ता दिइने समितिले जनाएको छ । बसपार्कलाई आएको जग्गाबाहेक अन्य जग्गाको पनि व्यवस्थापन र पूर्वाधार निर्माणको काम नगरपालिकाले नै गर्ने सम्झौतामा उल्लेख छ । सहरी विकास गुरुयोजनाअनुसार सुविधासम्पन्न र आधुनिक बसपार्क निर्माण गरिने नगरपालिकाका इन्जिनियर त्रिलोचन गिरीले जानकारी दिनुभयो । मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरको केन्द्र रहेको बागलुङमा व्यवस्थित बसपार्कको आवश्यकता खड्किँदै आएको छ । अहिले बागलुङ नगरपालिका–३ चिप्लेटीमा अव्यवस्थित रूपमा अस्थायी बसपार्क सञ्चालित छ ।
- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"