ताजा अपडेट :

विगत पाँच वर्षदेखि संचालित हरियोबन कार्यक्रम समापन

विगत पाँच वर्षदेखि संचालित हरियोबन कार्यक्रम समापन
पर्वत,पुस ५
विगत पाँच वर्ष अघि जलवायु परिवर्तन, दिगो भुव्यवस्थापन, जैविक विविधताको संरक्षण र  जिविकोपार्जनमा क्रियाशिल रहँदै आएको हरियो बन कार्यक्रम समापन भएको छ ।
पर्वत जिल्लाका तीन वटा गाविसमा संचालनमा रहेको परियोजना समापन भएको हो । २०६९ सालदेखि संचालनमा आएको परियोजना डिसेम्बर महिनादेखि समापन भएको हो ।
पर्वत जिल्लाका चित्रे, राम्जा र आर्थर गाउँ विकास समितिमा जलवायु अनुकुलन, जैविक विविधताको संरक्षण र जिविकोपार्जनमा क्रियाशिल संस्थाको सम्झौता अवधि सकिएको सामुदायिक बन उपभोक्ता महासंघ पर्वतले  जनाएको छ ।


समापन कार्यक्रमा बोल्दै सामुदायिक बन उपभोक्ता महासंघ नेपालका अध्यक्ष गणेश कार्कीले पछिल्लो समय जलवायु परिवर्तनले पारेको असरबाट बिपन्न समुदाय प्रत्यक्ष रुपमा मारमा पर्दै गएको बताउँदै उनिहरुको जिविकोपार्जनमा परियोजनाले महत्वपुर्ण भूमिका खेलेको जानकारी दिए । उनले पहिलो चरणको कार्यक्रमको अवधि सकिएको र यसको प्रभावकारीताका आधारमा पुन अर्को चरणको कार्यक्रम संचालन  हुने पनि जानकारी दिए । मुलुक अस्थिर राजनीतिले थलिएका बेला दातृ निकायहरुको सहयोगमा संचालित कार्यक्रमहरु प्रभावकारी बनेको पनि उनले बताए ।


कार्यक्रममा स्थानिय विकास अधिकारी युवराज  पौडेल, जिल्ला बन अधिकृत कृष्णप्रसाद ढकाल, जिल्ला भुसंरक्षण कार्यालयका प्रमुख अजय कार्की, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष दुर्गाप्रसाद शर्मा, कार्यक्रमका फिल्ड संयोजक कालीका केसी लगायतले बोलेका थिए ।
सामुदायिक बन उपभोक्ता महासंघ पर्वतका अध्यक्ष किशोर सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत जीवन उच्चै ठकुरी र संचालन महासचिब देविकुमारी  लामिछानेले गरेकि थिईन ।

 

 

प्रमुख समाचार

भिडियो संग्रह