ताजा अपडेट :

आर्दशमा सेवा दलको अन्तिम प्रवचन

आर्दशमा सेवा दलको अन्तिम प्रवचन
पर्वत,पुस ५

आर्दश आवासिय माबिमा सञ्चालित राष्ट्रिय सेवा दलको ४३ औं जुनियर व्याजको अन्तिम प्रवचन सम्पन्न भएको छ । नयाँ भैरबी दल गुल्मका  निमित्त गुल्मपति सह–सेनानी दीपेन्द्र श्रेष्ठले अन्तिम प्रवचनको. उद्घटान गरे ।

उक्त अवसरमा बोल्ने बक्ताहरुले  राष्ट्रिय सेवा दलको तालिम लिएपछि बिद्यार्थीहरुमा अनुशासन र राष्ट्रभक्ति बढेर जाने बिश्वास ब्यक्त गरे । बिद्यालयले शैक्षिक साथै अन्य अतिरिक्त क्रियाकलाप सह सेनानी दीपेन्द्र श्रेष्ठले यस वर्षका क्याडेट भाइमबहिनीहरुले पनि अघिल्ल वर्षका क्याडेट भाइबहिनीहरु जस्तै यस क्षेत्रको उत्तम क्याडेटको रुपमा आफूलाई स्थापित गर्नेछन् भनि २१ दिनको तालिम अनुशासित रुपमा सम्पन्न गर्नका लागि शुभकामना व्यक्त गरेका थिए । ४२ औं व्याजका छात्रा क्याडेट प्रविन्ता चाम्लिङ्ग विद्यालयबाट बङ्गलादेशको भ्रमणका लागि निस्किसकेकी हुनाले टेलिफोन मार्फत सम्पूर्ण क्याडेट भाइबहिनीहरुलाई सफलताको शुभकामना व्यक्त गरेकी थिइन् ।
    


विद्यालय निरीक्षक झलक आचार्यले विद्यार्थीको चौतर्फी विकासको लागि शिक्षाको अलवा विभिन्न तालिम तथा अतिरिक्त क्रियाकलापहरुले उनीहरु भित्र भएको क्षमता प्रफुष्टन हुने बताउ“दै यस विद्यालयले आफूलाई जिल्लाको मात्रै नभएर अन्तर्राष्ट्रिय विद्यालयको रुपमा मान्यता प्राप्त गराइसकेको कुरा बताएका थिए । ४३ औं व्याजको क्याडेट भाइबहिनीहरुले २१ दिनको तालिम प्रश्चात आफूलाई अझै अनुशासित रुपमा परिपक्को बनाई समाजमा नै उदाहरणीय कार्य गरेर देखाउनेमा आफू आशावादी रह्ेको कुरा बताएका थिए ।

 

    विद्यालयका  प्रिन्सिपल  हिम ब. पौडेल क्षेत्रीले ४२ औं व्याजका क्याडेट भाइ बहिनीहरुले जसरी नै ४३ औं व्याजका क्याडेट भाइबहिनीहरुले अनुशासित रुपमा वेष्ट पलाटुनको रुपमा पश्चिमान्चलनै उत्कृष्ट बनी यस विद्यालय तथा क्षेत्रको नै इज्जत राख्ने कुरामा आफू आशावादी रहेको कुरा बताएका थिए  । हात्तिखोरको २१ दिने तालिमले भाइबहिनीहरुको सृजनात्मक सिपको विकास हुने र त्यहा सिकेका कुराहरु विद्यालयमा फर्के पछि प्रयोग गरेर उदाहरणीय व्यक्तित्व बन्ने अभिलाषा रहेको कुरा पनि व्यक्त गरेका थिए । हाल वार्षिक क्याम्प तथा दिक्षान्त परेडको निम्ति नेपाली सेना राष्ट्रिय सेवा दलको तालिम केन्द्र नवलपरासीको हात्तिखोरमा तालिम लिई रहेका छन् भने तयभएको कार्यक्रम अनुसार यहि पौष १४ गते दिक्षान्द समारोह सम्पन्न हुने जसमा बलाधिकृत रथी बलदेव महत ज्यूबाट दिक्षित गराउने कार्यक्रम रहेको जानकारी तालिम केन्द्र कमाण्डर सेनानी उज्वल के.सी.ले दिनुभयो ।


सोहि  दिनमा बिहान र दिउसो गरि दुईबटा शेसनमा नै अमेरिकन कर्नरपोखराको आयोजनामा स्क्राबल च्याम्पियनसिप बोर्ड गेम तथा अङग्रेजी शिक्षण फोरम  ९भ्लनष्किज त्भबअजष्लन ँयचगm० को वर्कसप कार्यक्रम सम्पन्न भएको थियो । बिट्रिस काउन्सिल स्कुल एम्बास्डर केशव पराजुली तथा अमेरिकन कर्नरका सुचना अधिकृत रामचन्द्र कार्कीले स्क्राबल, बोर्ड र कार्ड गेमको बारेमा विद्यार्थीहरुलाई जानकारी गराउ“दै यि खेलहरुले विद्यार्थीहरुको अङ्ग्रेजी शिक्षणमा थप सहयोग पुग्ने कुरा बताउ“दै काफलचौर मा. वि.का विद्यार्थीहरुलाई स्क्राबल र बोर्ड गेम प्रदान गर्दै आगामी दिनमा यस विद्यालयस“ग पनि आफूहरु हातेमालो गर्दै अगाडि बढ्ने कुरा बताएका थिए ।


 विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिकालाई अङग्रेजी शिक्षण फोरमको बारेमा जानकारी गराउ“दै आजको २१ औं सुचना र प्रविधिको युगमा अङग्रेजी शिक्षणको महत्व तथा विद्यार्थीहरुलाई कसरी सिकाउने भन्न् बारेमा छलफल समेत भएको थियो । उक्त कार्यक्रममा अमेरीकन कर्नर पोखराका अफिसर राम चन्द्रकार्कीले अन्तराष्ट्रिय दिवसहरुको महत्वको बारेमा जानकारीका साथ विद्यार्र्थीहरुलाई कार्टीज कार्ड कनभरशेन फर २१औं सताब्दीृऋयलखभचकबतष्यल ायच तजभ द्दज्ञकत भ्मष्तष्यल े सिकाउनुका साथै एक सेट हस्तान्तरण समेत गर्नु भएको थियो ।


उक्त कार्यक्रममा विद्यालयका प्रिन्सिपल तथा अध्यक्षबाट आगन्तुक सम्पूर्ण पाहुनाहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशमान श्रेष्ठ तथा सञ्चालन ई. सि. ए. इन्चार्ज कमल थापाले गरेका थिए ।


 

 

प्रमुख समाचार

भिडियो संग्रह