ताजा अपडेट :

बंगुरपालनबाट बार्षिक ६० लाख आम्दानी


    बंगुरपालनबाट बार्षिक ६० लाख आम्दानी
पर्वत,पुस ५

मुलुकमा रोजगारीका सम्भावना नदेखी दिनहुँ हजारौ युवाहरु बैदेशिक रोजगारीका लागी पलायन भैरहेका बेला पर्वतका एक युवाले भने व्यवसायिक रुपमा बंगुर पालेरै वार्षिक ६० लाख रुपैयासम्म आम्दानी गर्न सफल हुनुभएको छ ।
पर्वतको दुर्लुङ स्थायी घर भएका ३८ वर्षिय प्रेम गुरुङले आधुनिक बंगुर फार्म संचालन गरि राम्रो आम्दानी गर्न सफल हुनुभएको हो । केहि वर्ष बैदेशीक रोजगारीका लागि खाडी मुलुक पुगेका गुरुङले बिदेशमा निकै संघर्ष गरेर फर्किए पछि पशुपालन व्यवसायमा लाग्ने अठोट लिएर २०६० सालमा गाउँ फर्किनुभएको थियो ।


घर फर्किएर उहाँले २०६२ मा शुरु गरेको बंगुर तथा माछा पालन फार्म अहिले जिल्लाकै उत्कृष्ट बनेको छ । करिव ५० वटा माउ बंगुर पाल्नुभएका गुरुङले वर्षेनी १२ सय पाठापाठी मात्रै बिक्रि गर्दै आउनुभएको छ । एउटा पाठाको ४ हजार ५ सय देखि पाँच हजारसम्म मुल्य पर्ने गरेको छ । बंगुरबाटै उहाँले वर्षेनी करिव ६० लाख आम्दानी गर्दै आउएको जानकारी दिनुभयो ।

आफ्नो उत्पादन बिक्रि गर्न गुरुङले कुश्मामा आफ्नै फ्रेस हाउस सञ्चालनमा ल्याउनुभएको छ । पाँच जना कर्मचारी समेत राख्नुभएका गुरुङले सबै खर्च कटाएर वर्षेनी २५ देखि ३० लाख आम्दानी हुने गरेको बताउनुभयो ।
बैदेशिक रोजगारीमा गएका नेपाली युवाहरु प्रति लक्षित गर्दै उहाँले बिदेशी सिप र अनुभवलाइ नेपालमै प्रयोग गर्न सके यही बिदेश मा जति कमाइ गर्न सकिने बताउनुभयो । पाठापाठी बिक्रिका लागि बजारिकरणको समस्या नभएपछि उहाँलाई व्यवसायमा थप हौसला मिलेको छ । उहाँले स्थानिय स्तरमै सहजै पाठापाठी बिक्रि गर्ने गर्नुभएको छ ।


गुरुङले गत वर्ष उत्कृष्ट कृषकको रुपमा राष्ट्रपती पुरस्कार समेत पाउनुभएको थियो । गुरुङले बंगुरसंगै माछापालन समेत गर्नुभएको छ । हालसम्म करिव एक करोड लगानी गर्नुभएका उहाँले व्यवसायमा सामान्य बाहेक राज्यको आर्थिक सहयोग भने पाउन नसकेको गुनासो गर्नुभएको छ । सक्रिय राजनीतिसँगै विभिन्न सामाजिक संघ संस्थामा समेत आवद्ध रहनु्भएका गुरुङ जिल्ला खेलकुद विकास समिति पर्वतको अध्यक्ष समेत रहनु्भएको छ ।

 

 

प्रमुख समाचार

भिडियो संग्रह