- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
द्वन्द्वमा हटेको बैंक पुनः स्थापना
द्वन्द्वमा हटेको बैंक पुनः स्थापना
बाग्लुङ्ग,पुस ५
सशस्त्र द्वन्द्वकालमा विस्थापित भएको नेपाल बैंक लिमिटेडको गलकोट शाखा पुनः स्थापना भएको छ । पन्ध्र वर्षदेखि बन्द शाखाले आइतबारदेखि सेवा सञ्चालन गरेको हो । जिल्लाको हरिचौरस्थित बैंकको पुरानो भवन जीर्ण भएकाले तत्कालका लागि भाडाको घरबाट काम थालेको बैंकले बचत सङ्कलन, कर्जा प्रवाह, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, विप्रेषण लगायतका सेवा सुरु गरेको शाखा प्रबन्धक लक्ष्मण रखालले जानकारी दिनुभयो ।
सेवा शुभारम्भकै दिन ३१ जनाको खाता खोलिएको र रु १० लाख सात हजारको कारोबार भएको जनाइएको छ । शाखामा प्रबन्धकसहित तीनजना कर्मचारी छन् । शाखाले थप सेवा विस्तार गर्दै जाने शाखा प्रमुख रखालले बताउनुभयो । “थप सेवा विस्तार गर्दै जान्छौँ, सेवाग्राहीको विश्वास जित्ने गरी हामी काम गर्नेछौँ”, उहाँको भनाइ थियो ।
विस्थापित बैंक पुनः खुलेपछि विकास योजनाको रकम, कर्मचारीको तलबभत्ता, निवृत्तिभरण लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हटेकाले स्थानीवासी उत्साहित बनेका छन् । सो शाखा खुलेपछि गलकोटमा आर्थिक गतिविधि पनि बढ्ने स्थानीयवासी ललित श्रीशले बताउनुभयो ।
“सेवा दिइरहेको बैंक लामो समय बन्द रहँदा हामी समस्यामा थियौँ” श्रीशले भन्नुभयो, “अब घरदैलोमै बैंकिङ सेवा आएको छ, यसले समग्र गलकोटवासीलाई हर्षित बनाएको छ ।” वि.सं.२०३३मा स्थापना भएको सो शाखा द्वन्द्वका कारण २०५८ सालमा विस्थापित भएको थियो । उक्त भवन जीर्ण भएर बस्न नमिल्ने भएपछि पुनः निर्माण गरिने भएको छ । तत्कालीन समयमा स्थानीयवासीले बैंकको शाखा राख्न एक रोपनी जमिन निःशुल्क रूपमा उक्त जग्गा उपलब्ध गराएका थिए । शाखा पुनः स्थापनाका लागि स्थानीयवासीले पटक–पटक दबाब दिँदै आएका थिए । नेपाल बैंक लिमिटेडले यसै साता गलकोटसहित तनहुँको खैरेनीटार शाखा र स्याङ्जाको सुन्तलेटार शाखा पनि पुनः स्थापना गरेको जनाएको छ ।