- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
व्यवहारमा विभेद, कानुनमा निषेध
व्यवहारमा विभेद, कानुनमा निषेध
म्याग्दी ,पुस ५
कानुनमा जातीय भेदभाव र छुवाछूतलाई अपराध मानिए पनि व्यवहारमा छुवाछूतको समस्या न्यूनीकरण हुन सकेको छैन । शिक्षा र जनचेतनाको कमी, ऐन कानुनको बारेमा समुदाय तहसम्म जानकारी नहुनु, पुरानो सामाजिक संस्कार र व्यवहारमा परिवर्तन नआउँदा दलित समुदाय जातीय भेदभाव र छुवाछूतको सिकार हुन बाध्य भएका छन् ।
जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐन २०६८ मा जातीय छुवाछूत र भेदभावलाई अपराध मानी दण्ड सजायको व्यवस्था गरेको छ । नेपालको संविधान २०७२ मा छुवाछूत र जातीय विभेद गर्नु अपराध मात्रै होइन दण्डनीय भएको उल्लेख छ । जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरिएको करिब एक दशक पुग्न लागेको छ । दलित समुदायले कानुनमा भएको व्यवस्था अनुसार समान व्यवहारको अनुभूति गर्न नपाएको दरवाङका सुमन सुनारले बताउनुभयो । उहाँका अनुसार सार्वजनिकस्थलमा दुव्र्यवहार, धार्मिकस्थलमा प्रवेशनिषेध, कोठा भाडा र पाहुना भएर कतै जाँदा बास नपाउने समस्या भोग्न बाध्य छन् ।
पीडितले उजुरी गर्ने हिम्मत नगर्ने, पुस्ताँै देखिको विभेद सहने बानी र जातीय विभेद गर्नेलाई कारबाही नभएकाले जातीय विभेदका विरुद्ध संविधानले गरेको व्यवस्था र ऐन कानुन कार्यान्वयन हुन नसकेको दलित अधिकारकर्मी बालकुमार विश्वकर्माले बताउनुभयो ।
संविधानले जातीय छुवाछूतको अन्त्य गर्ने व्यवस्था गरेको छ । जातीय विभेदलाई प्रचारप्रसार र प्रोत्साहन गर्न नपाइने, छुवाछूत र भेदभावलाई गम्भीर सामाजिक अपराध मानी दण्डनीय हुने भनेको छ ।
दलित अधिकारका लागि थुप्रै कानुन लागू भइसक्दा पनि समाजमा विभेद र छुवाछूतको घटना न्यूनीकरण हुन नसकेको बेनपा–१० घतानका सम्मरबहादुर मिजारले बताउनुभयो । “दलितलाई दोस्रो दर्जाका नागरिक मान्नेलाई कारबाही हुनैपर्छ” मिजारले भन्नुभयो “अब चुप लागेर बस्ने बेला छैन । कानुनमा गरिएको अधिकार उपभोग गर्न दलित समुदाय जागरुक बन्नुपर्छ ।” नयाँ संविधानले दलित विद्यार्थीलाई निःशुल्क शिक्षाको व्यवस्था, परम्परागत सीपको संरक्षण, भूमिहीन दलित समुदायलाई एकपल्टको लागि आवासको व्यवस्था, दलित आयोगको सुनिश्चितता गरेको छ । तर, नयाँ संविधान जारी भएर पनि लागू भइसक्दा समेत जातीय विभेदमा परेका दलित भने त्यस्तो अनुभूति गर्न पाएका छैनन् ।
संविधान र ऐन नियममा भएको व्यवस्था कार्यान्वयनका लागि दलित समुदाय जागरुक र राज्यका निकायले सहयोगी भूमिका निर्वाह गर्नुपर्ने दलित अगुवाले बताएका छन् । बीस हजार जनाको हाराहारीमा जनसङ्ख्या रहेका म्याग्दीका दलित समुदायमा वैदेशिक रोजगारीमार्फत आर्थिक गतिविधिमा सहज भए पनि आरने, कटुवाल, सुजिकार जस्ता परम्परागत र बालीघरे प्रथामै निर्भर भएका व्यावसायिक बन्न सकेका छैनन् ।
- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"