ताजा अपडेट :

पर्वतमा मतदाता नामावली अद्यावधिक गर्ने कार्य पुन शुरु हुँदै

पर्वतमा मतदाता नामावली अद्यावधिक गर्ने कार्य पुन शुरु हुँदै

मतदाता नामावली संकलन अभियान शुरु
पर्वत,४ पुस

सरकारले स्थानिय निकायको निर्वाचनको मिति तोक्ने तयारी गर्दैगर्दा पर्वतमा अर्को चरणको मतदाता नामावली संकलन अभियान शुरु भएको छ ।
जिल्ला निर्वाचन कार्यालय पर्वतले फोटो सहितको मतदाता नामावली संकलन तथा अद्याबधिक गर्न थालेको हो । संविधानसभाको दोस्रो निर्वाचनमा  भन्दा अघि संकलन गरिएका नामहरुमाथि दावी विरोध तथा अद्यावधिक गर्ने र उमेर पुगेका वा छुटेकाहरुको नाम पुनः संकलन गर्नेगरी अभियान शुरु गरिएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो ।

अभियान अन्तर्गत पहिलो चरणमा जिल्लाका ४७ वटा गाउँ विकास समितिका सचिब र कुश्मा नगरपालिकाका १८ वटै वडासचिबहरुलाई एक दिन अभिम्ूखिकरण गरिएको छ । सहायक नाम दर्ता अधिकारीको रुपमा रहेका सचिबहरुलाई आ–आफ्नो क्षेत्रमा रहेको मतदाताहरुको नामावली संकलन गर्ने तथा अद्यावधिक गर्नका लागि परिचालन गरिने भएको हो । उनिहरुलाई गाविस, वडा र घरदैलो अभियान समेत संचालन गरेर कोहिपनि मतदाता मतदान गर्नबाट बञ्चित नहोस् भनेर तल्लो तहसम्म परिचालन गरिने भएको छ ।


अभिमूखिकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शुम्भुप्रसाद मरासिनीले निर्वाचन लोकतन्त्रको शुन्दर पक्ष भएको बताउँदै कुनैपनि नागरिकलाई मतदान गर्ने अधिकारवाट बञ्चित गराउन नहुने बताए । उनले मतदाता नामावली संकलन अभियानमा खट्ने संकलनहरुलाई पुर्ण रुपमा सुरक्षा दिन प्रशासन तयार रहेको बताउँदै सचिबहरुले जिम्मेवार भएर काम गर्न आग्रह गरेका थिए ।


स्थानिय विकास अधिकारी युवाराज पौडेलले मतदान गर्न पाउने नागरिकको नैसर्गिक अधिकार भएकाले कुनैपनि नागरिकको मतदाता नामावलीमा छुटाउन नहुने बताए । उनले जिल्ला विकास समितिले मतदाता नामावली संकलनका लागि जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताएका छन् ।
उक्त अभिमूखिकरण पछि लगत्तै सचिबहरुलाई आ–आफ्नो कार्यक्षेत्रमा खटाइने पनि जिल्ला निर्वाचन कार्यालय पर्वतले जनाएको छ ।

 

प्रमुख समाचार

भिडियो संग्रह