- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
एमाले बागलुङको अधिबेशन केन्द्रित प्रचारात्मक अभियान शुरु
एमाले बागलुङको अधिबेशन केन्द्रित प्रचारात्मक अभियान शुरु
बागलुङ,पुस २
नेकपा एमाले जिल्ला कमिटी बागलुङले आठौँ जिल्ला अधिवेशन केन्द्रित प्रचारात्मक अभियान शुरु गरेको छ ।
अधिवेशन प्रचारको क्रममा बुधवार बागलुङ बजारका मुख्य ठाउँ तथा चोकमा पोष्टर टाँसेर प्रचार अभियान सुरुवात गरिएको एमाले प्रचार विभाग प्रमुख रामकृष्ण शर्माले जानकारी दिनुभयो । राष्ट्रिय एकता, समृद्धि र स्वाभिमान, संविधान कार्यन्वयनको लागि एमालेको अभियान’ भन्ने नाराका साथ पुस ९ देखि ११ गतेसम्म हुने अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने कार्यक्रम छ । अधिवेशन नजिकिदै जाँदा नेतृत्वका आंकाक्षीहरु चुनाव केन्द्रित अभियान र लविङलाई तिव्र बनाएका छन् । अधिवेशनमा सहभागी हुने प्रतिनिधि छनौट जिल्ला भर एक साथ आगामी पुस २ गते गरिने संगठन विभाग प्रमुख विष्णु भुषालले जानकारी दिनुभयो ।
निर्वाचन क्षेत्र पूर्वाधार विकासको बागलुङका तीनवटै क्षेत्रमा नौं करोड रुपैयाँ विनियोजन हरेक निर्वाचन क्षेत्रको विकासका लागि दिइदै आएको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगत बागलुङका तीनवटै निर्वाचन क्षेत्रमा नौं करोड रुपैयाँ विनियोजन गरिएको छ । हरेक निर्वाचन क्षेत्रको पुर्वाधार विकासका लागि दिइएको तीन करोड बजेट बिहीबार विनियोजन गरिएको जिल्ला विकास समितिको कार्यालय बागलुङले जनाएको छ ।
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि प्राप्त बजेट विनियोजनका लागि प्रत्यक्ष निर्वा्चित सांसद संयोजक र समानुपातिक सांसदहरु सदस्य रहने व्यवस्था गरिएको छ । बिहीबार अवेर सकिएको बैठकले तीनवटै निर्वाचन क्षेत्रका विभिन्न ७३ योजनाका लागि बजेट विनियोजन गरिएको जिल्ला विकास समिति बागलुङका योजना अधिकृत खिमबहादुर बिकले जानकारी दिनुभयो । पुर्वाधार विकासका लागि १० लाख भन्दा साना योजना बनाउँन नपाइने प्रावधान अनुसार १० लाख रुपैयाँ भन्दा बढी रकम विभिन्न योजनाहरुमा विनियोजन गरिएको बिकले जानकारी दिनुभयो ।
बिकका अनुसार तीनवटै निर्वाचन क्षेत्र मध्य सबैभन्दा बढी क्षेत्र नम्बर दुईका विभिन्न क्षेत्रमा विद्युत पोल खरिदका लागि ५० लाख, क्षेत्र नम्बर एकको देउरालीचोक, सुल्डाँडा, खहरे सडक स्तरोन्नतीका लागि ४० लाख र क्षेत्र नम्बर तीनको बुर्तिवाङ बजार संरक्षणका लागि बढीघाट खोलामा तठबन्ध निर्माण गर्न ४० लाख रुपैयाँ विनियोजन गरिएको छ । विनियोजित बजेट मध्य क्षेत्र नम्बर एकमा २३ योजना, क्षेत्र नम्बर दुई र तीनमा २५–२५ योजनाहरु समावेश गरिएको जिविसले जनाएको छ । क्षेत्र नम्बर एकका २३ योजना मध्य १४ वटा सडक निर्माण÷स्तरउन्नती, सात योजना क्याम्पस तथा विद्यालय निर्माण र एउटा पुल संरक्षणका लागि बजेट विनियोजन गरिएको समितिका सदस्य सांसद नरबहादुर थापा मगरले बताउनुभयो । हरेक निर्वाचन क्षेत्रमा एक करोड रुपैयाँ विनियोजन गरिदै आएकोमा यसवर्षदेखि तीन करोड रुपैयाँ विनियोजन गरिएको थियो ।
- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"