ताजा अपडेट :

आठ गाविस साक्षर घोषणा

आठ गाविस साक्षर घोषणा
म्याग्दी ,पुस २
म्याग्दीको बिम र राम्चेलाई बिहीबार साक्षर गाविस घोषणा गरिएपछि जिल्लाका आठ गाविस साक्षर बनेका छन् । बिममा बसोबास गर्ने १५ देखि ५९ वर्ष उमेर समूहका दुई हजारमध्ये ९९ प्रतिशत र राम्चेमा बसोबास गर्ने सोही उमेर समूहका एक हजार छ सयमध्ये ९७.७५ प्रतिशतले अङ्क, अक्षर लेखपढ गर्न सक्ने भएपछि घोषणा गरिएको गाउँ शिक्षा समितिले जनाएका छन् । शिक्षा मन्त्रालयले लक्षित उमेर समूहका ९५ प्रतिशतभन्दा बढी जनसङ्ख्याले अङ्क अक्षर लेखपढ गर्न जानेमा साक्षर गाविस, वडा, जिल्ला घोषणा गर्न सकिने व्यवस्था गरेको छ । बिममा आयोजित घोषणा सभामा सांसद नवराज शर्माले दिगो विकासका लागि शिक्षामा पहुँच आवश्यकता रहेको बताउनुभयो ।

 राम्चेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद नरदेवी पुनले आर्थिक, सामाजिक र राजनीतिक विकासका लागि सबै नागरिक शिक्षित बन्नुपर्नेमा जोड दिनुभयो । यसअघि म्याग्दीको बरंजा, मराङ, पात्लेखेत, कुहूँ, घार र नारच्याङ गाविसलाई साक्षर गाविस घोषणा गरिएको छ । जिल्ला शिक्षा कार्यालयले म्याग्दीलाई चालु आर्थिक वर्षभित्र नै साक्षर जिल्ला घोषणा गर्ने तयारी गरेको छ ।

 

प्रमुख समाचार

भिडियो संग्रह