ताजा अपडेट :

उवासंघद्धारा कार्यकारीको स्वागत

उवासंघद्धारा कार्यकारीको स्वागत
पर्वत,१ पुस

कुश्मा नगरपालिकामा भर्खरै सरुवा भएर आएका कार्यकारी अधिकृत कुमानसिंह गुरुङलाई पर्वत उद्योग बाणिज्य संघले स्वागत गरेको छ । बिहीवार एक कार्यक्रमको आयोजना गरी कार्यकारी अधिकृत गुरुङलाई स्वागत गरिएको हो । सो अवसरमा बोल्दै गुरुङले नगरपालिकाको चौतर्फि विकासका लागि आफु निजि क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । उनले नगरपालिकामा पहिलो चरणमा पूर्वाधार विकासलाई जोड दिनुपर्ने अवस्था आएको बताउँदै यसका लागि निजि क्षेत्रले पनि सहयोग गर्न आग्रह गरे । उनले राज्यवाट प्रवाह हुने सेवा सुविधा आम नगरवासिहरुसम्म समान रुपले पु¥याउने बताउँदै कुनै राजनीतिक पर्वाग्रहमा नलागी काम गर्ने बताए ।

सो अवसरमा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछानेले पर्वतको समग्र निजि क्षेत्र, उद्योग व्यावसायका बारेमा जानकारी गराएका थिए । उनले निजि क्षेत्र सँधै नगरपालिकासँग हातेमालो  गर्न तयार रहेको बताए । कार्यक्रममा बरिष्ठ उपाध्यक्ष गोपि अधिकारी, महासचिब ठाकुरवि पौडेल लगायतले बोल्नुभएको थियो ।

प्रमुख समाचार

भिडियो संग्रह