ताजा अपडेट :

शिक्षकलाई एकहप्ते आधारभूत कम्पयुटर तालिम

शिक्षकलाई एकहप्ते आधारभूत कम्पयुटर तालिम
पर्वत,३० मंसिर
विद्यालयस्तरीय शिक्षालाई परिस्कृत गर्न भन्दै गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा स्थानीय साझेदारी संस्था सोडेक नेपालको आयोजनामा एकहप्ते कम्प्युटर तालिम संचालन गरिएको छ । जिल्लाको भुकदेउराली गाविस वडा नं. १ शेराबेंसी स्थित नवज्योति थम माविका १३ जना तथा ग्रामोदय मावि भंगराका १ जना गरी कूल १४ जना शिक्षकलाई सो तालिम दिइएको हो । नवज्योति थम माविमा आधारभूत तालिम शुरु भएसँगै शिक्षकहरु निकै चासोका साथ माउस चलाउन र किबोर्ड खेलाउन अभ्यस्त बन्दै गइरहेका छन् । सहभागीहरु तालिम लिन पाएकोमा खुसी देखिन्छन् ।


कम्प्युटर शिक्षामा व्यवहारिक र जीपन उपयोगी भएकोले सबैले सिक्न जरुरी रहेको उनीहरुले बताए । ‘शिक्षककेन्द्रीत तालिम भएकाले छोटो समय भएपनि उपलब्धीमूलक भएको कम्प्युटर प्रशिक्षण दिइरहेका राजु पौडेलले बताए । ‘हामीले विगतका कयन् वर्ष अघिदेखि ग्रामीण दुरदराजका विद्यालय पहिचान गरी सीपमूलक शिक्षा उपलब्ध गराउने कुरामा साझेदारी बन्दै आएका छौं ।’ संस्थाका शिक्षा विकास अधिकृत ऋषिराम भुसालले भने–‘यस्तै सीपमूलक र व्यवहारिक शिक्षा अन्यत्रपनि उपलब्ध गराउने तयारी भइरहेको छ ।’ संस्थाले व्यवहारोपयोगी र गुस्तरीय शिक्षाका लागि विद्यालय केन्द्रीत कार्यक्रम गर्दै आइरहेको र भोलिका दिनमा पनि यस्तै कार्यक्रमहरुलाई निरन्तरता दिइरहने संस्थाका कार्यक्रम व्यवस्थापक देवीप्रसाद तिमिल्सिनाले जानकारी दिए ।


 मंसिर २३ गतेबाट शुरु भएको सो एकहप्ते तालिम २९ गते सम्पन्न भएको छ । सो तालिममा राजु पौडेल र गणेश पौडेलले प्रशिक्षण दिएका थिए । संस्था द्वारा ३० गते नै एक कार्यक्रमको आयोजना गरी विद्यालयलाई कम्प्युटर ल्याव सहित १२ थान कम्प्युटर समेत हस्तान्तरण गर्ने कार्यक्रम रहेको संस्थाले जानकारी दिएको छ ।

 

विद्यालय स्तरीय लोक गित प्रतियोगितामा भैण्डाडा आधारभूत विद्यालय प्रथम भएको थियो । कृषि मेला प्रदशनीमा कृषि कहरुलाई सम्मान गर्ने कार्यक्रम थियो । सिगाना गाविस सचिव लक्ष्मण पौडेलले यो कार्यक्रमलाई आगामी दिनमा समग्र सिगानाको कृषि क्षेत्रको प्रचार प्रसारमा हुने बताएका छन् ।

प्रमुख समाचार

भिडियो संग्रह