ताजा अपडेट :

अग्लोपुलदेखि सिर्सुवा जोड्ने सडक निर्माण

अग्लोपुलदेखि सिर्सुवा जोड्ने सडक निर्माण

मङ्सिर२७ , पर्वत

मुलुककै अग्लो बडागाउँ–मुडिकुवा झोलुङ्ग पुलदेखि सिर्सुवा सम्म मोटरवाटोको ट्रा खोलिएको छ । पुल निर्माण भैसक्दा पनि पुलसम्म आवतजावत गर्ने मोटरवाटो र पैदलयात्री समेत हिडडुल गर्न कठिनाई भएका बेला स्थानिय व्यक्तिको पहलमा सडकको ट्राक खोलिएको हो । झण्डै डेढ किलोमिटर सडक निर्माण गरि दोविल्ला–फलेवास सडकमा जोडिएको स्गथानिय जगत सापकोटाले जानकराी दिएका छन् ।

 

सडक निर्माण पछि दक्षिण पर्वतका विभिन्न गाविस र छिमेकी जिल्ला बागलुङको दक्षिण क्षेत्रका गाविसका बासिन्दाहरुलाई सदरमुकाम कुश्मासम्म आउन सहज भएको छ । भने सवारीसाधनहरु पुल नजिकै आउँदा सवारीसाधन हुनेहरुका लागि पनि सहज भएको सापकोटाले जानकारी दिए । स्थानिय जगत सापकोटा, दिवाकर भुुसाल र थानेश्वर भुसालको पहलमा सडक निर्माण गरिएको बताइएको छ ।


 

प्रमुख समाचार

भिडियो संग्रह