ताजा अपडेट :

इन्प्रेड नेपालमा पुनः पौडेल

इन्प्रेड नेपालमा पुनः पौडेल
मङ्सिर२७ , पर्वत
इन्प्रेड नेपाल पर्वतको २२ औ साधारण सभा तथा सातौ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुष्पराज पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा रामप्रसाद शर्मा सुवेदी, सचिबमा राजेन्द्रप्रसाद पौडेल, सहसचिबमा अमृतप्रसाद सुवेदी र कोषाध्यक्षमा मनमाया गुरुङ रहेका छन् । त्यस्तै सदस्यहरुमा गोविन्द विक, मधमाया थापा, चन्द्रकला सुनार, भवराज शर्मा, देविकरमारी सुनार र पदेन सदस्यमा राजुप्रसाद पौडेल रहेका छन् ।


यस अघि आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि संस्थाका जेष्ठ सदस्य भक्तराज सुवेदी, मानवअधिकार एलायन्सका केन्द्रिय सदस्य खुमप्रसाद सुवेदी, गैससमहासंघ पर्वतकमा अध्यक्ष राजेन्द्र पौडेल र संस्थापक राजुप्रसाद पौडेल लगायतले बोलेका थिए पुष्पराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत रामप्रसाद शर्मा सुवेदीले गरेका थिए ।


 

प्रमुख समाचार

भिडियो संग्रह