ताजा अपडेट :

हुवास बहुमुखी क्याम्पस लाई फेसबुकले जुटायो लाखौँ रकम,अमेरीकामा कार्यरत श्रेष्ठको मात्रै २० लाख सहयोग।।

हुवास बहुमुखी क्याम्पस लाई फेसबुकले जुटायो लाखौँ रकम,अमेरीकामा कार्यरत श्रेष्ठको मात्रै २० लाख सहयोग।।
मङ्सिर२७ , पर्वत
पर्वतको दक्षीणी क्षेत्र यतिबेला  शैक्षिक जागरणको अभियानमा जुटेको छ । पछील्लो समय पर्वतका बिभिन्न ठाउँमा स्नातक तह तथा स्नातकोत्तर तह सञ्चालन गर्ने उद्देश्यले कतै शैक्षिक धार्मीक महायज्ञ सञ्चालन भएका छन् त कतै सञ्चालनको तयारीमा छन् । स्नातक तह तथा स्नातकोत्तर तह सञ्चालन गर्ने उद्देश्यले महायज्ञ भैइरहेका बेला पर्वतको हुवास स्थित हुवास बहुमुखी क्याम्पस लाई भवन निर्माणका लागी प्रवासी नेपालीहरुको लाखौँ आर्थीक सहयोग मिलेको छ । भवन निर्माणका लागी हुवास घर भई हाल अमेरीका मा कार्यरत राजेन्द्र प्रसाद श्रेष्ठले रु.२० लाख ६५ हजार र उहाँले फेसबुक बाट चलाएको क्याम्पस भवन निर्माण अभियान मार्फत रु १४ लाख गरि ३४ लाख ६५ हजार बाराबरको आर्थिक सहयोग क्याम्पस लाई  मिलेको हो । फेसबुक अभियान मार्फत बैदेशिक रोजगारीको शिलशिलामा बिभिन्न ठाउँमा रहेका पर्वत पैयूँका प्रवासी नेपालीहरुले आर्थीक सहयोग गरेका हुन् ।

    रोटरी क्लब अफ फ्यर ल्योज सहन्राईज न्यूँजर्सीमा आबद्ध श्रेष्ठले हालै मात्रै औपचारिक रुपमा आर्थिक सहयोग गरेपछि भवन अभाबमा जनसेवा संस्कृत मा.बि.को भवनमा सञ्चालन गरिएको क्याम्पस अब आफ्नै भवनमा सञ्चालन हुने भएको छ । क्याम्पसको लगाी भवनको अभाव हुदाँ जनसेवा संस्कृत मा.बि.को भवनमा बिहानमा स्नातकतह र दिउसोमा मा.बि.तहको पठनपाठन गराईएको थीयो । भवनको अभाब हुदाँ क्याम्पसको पठनपाठनमा असहज परिस्थिती सिर्जना भएको थीयो । अब उक्त क्याम्पसमा ८ कोठे २ तले आर.सि.सि. भवन निर्माण हुने भएको छ । उक्त भवनको शिलान्यास समेत गरिएको छ । शिलान्यास गर्दै सहयोगी राजेन्द्र प्रसाद श्रेष्ठले भवन अभाव हुदा पठनपाठनमा समस्या भएको खबर आफुले सुनेको र बिधार्थीहरुको भबीष्य नबिग्रोस भनी तथा गुणस्तरीय शिक्षा प्रदान गर्नको लगी आफुले आर्थीक सहयोग गरेको बताउनुभयो । उहाँले आकर्षक भवन बाट पनि बिधार्थीहरुको  सिकाई बृद्धि हुने हुदाँ क्याम्पसको भवन निर्माणको लागी फेसबुकमा अभियान समेत चलाएको बताउनुभयो ।


स्नातकतह अध्ययन गर्न बाहीर गएका पर्वत दक्षीण भेगका बिधार्थीहरु लाई लक्षित गरी तथा  विभिन्न ठाउँका अति बिपन्न वर्गका मानिसहरु शिक्षा लिन बाट बञ्चित नहोउन् भनेर आफुले उक्त ठाउँको क्याम्पसको भवनको लागी  सहयोग पुर्याएको समेत बताउनुभयो ।  उहाँले उक्त क्याम्पस लाई २ बर्ष भित्र ४५ लाख रकम सहयोग गर्नु आफु आबद्ध रहेको रोटरी क्लब अफ फ्यर ल्योज सहन्राईज न्यूँजर्सीमा समेत प्रस्ताब गरेको बताउनुभयो । उहाँले कुनै पनि क्याम्पस अब सधै एउटै मोडेलमा चल्न नसक्ने भन्दै उहाँले समयको माग अनुरुप क्याम्पसमा पनि सुधार ल्याउनु पर्नेमा जोड दिनुभयो । उक्त भवन निर्माण गरी स्नातकतह सञ्चालन गरेसँगै  त्यहाँका मानीसहरु सगँ भावनात्मक सम्बन्ध रहने समेत उहाँले बताउनुभयो ।अहिले शिशु देखि १२ हुदैँ स्नातकतह सम्म एकै ठाउँमा पठन पाठन हुदै आएकोमा भवन निर्माण पश्चात डिप्लोमा तहको पढाइ नयाँ भवनमा हुने हुँदा विद्यार्थी शिक्षक र अभिभावक सम्मलाई सजिलो हुने क्याम्पस प्रमुख शोभाकान्त रिजालले बताउनुभयो ।


 श्रेष्ठको मात्र उक्त आर्थिक सहयोगले बहुमुखी क्याम्पस सञ्चालन हुन नसक्ने हुदाँ अन्य विभिन्न निकायहरुसँग सहयोगको माग गरिने र आवश्यक मात्रामा स्थानीय जनश्रमदान समेत जुटाई भवन निर्माण गरिने रिजालले बताउनुभयो । भवन निर्माण पश्चात क्याम्पसमा शैक्षिक गुणस्तर बृद्धि गर्दै प्रशासन यन्त्रमा समेत उल्लेखनीय सुधार गरिने उहाँको भनाई छ । उक्त क्याम्पसमा अहिँले करिब १ सय ५० जना बिधार्थीहरुले स्नातकतहको अध्ययन गर्दै आएका छन् ।   यसै बिच सहयोगी श्रेष्ठले उक्त बिधालय लाई १० लाख ५ सय ५० रुपैयाँ बराबरको २८ थान कम्प्यूटर समेत प्रदान गर्नुभएको छ ।

प्रमुख समाचार

भिडियो संग्रह