ताजा अपडेट :

जोमसोम देखि पोखरा सम्म ४० टाटासुमोको सेवा सुरुहँदै

जोमसोम देखि पोखरा सम्म ४० टाटासुमोको सेवा सुरुहँदै
मङ्सिर २६ ,मुस्ताङ
धार्मिक तथा पर्यटकिय दृष्ट्रिकोणले महत्वपूर्ण हिमालपारिको जिल्ला मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकहरुको चाप दिनानुदिन बढ्दै जान थालेपछि श्रीमुक्तिनाथ दर्शन यातायातसेवा प्रा।लि। मुस्ताङले जोमसोम देखि पोखराका लागि सिधा यातायातसेवा संन्चालनमा ल्याउँने भएको छ।प्रा।लि।ले समिति गठन गरि आउँदो बुधवार देखि सेवा सुचारु गर्ने भएको छ ।

जिल्लामा आउँने आन्तरिक तथा बाह्य पर्यटकहरु छिटो,छरितो सेवाबाट बन्चित हुनुपरेको र यात्रुहरुले चर्को मुल्यमा यात्रा गर्नुपर्ने बाध्यता रहिआएको भन्दै प्रा।लि।ले थोरै नाफामुखि र धेरै सेवामुखी यात्रुसेवा प्रवाह गर्ने उद्धेश्य सहित सेवा सुचारु गर्न लागेको मुक्तिनाथ दर्शन प्रा।लि।का परिकल्पनाकार दिपक लालचनले जानकारी दिए । उनले भने,सिजनका बेला पुरानो समितिले यात्रुलाई भरपर्दो र बिश्वसनीय सेवा प्रदान गर्न नसकेको र सार्वजनिक सवारी बाहेक अन्य सवारीहरुले जिल्लामा आउँने पर्यटकलाई मनोमानी ढंंगले भाडा असुल गरेको देखिएकाले पर्यटक प्रति हुनेगरेको मनोमानीलाई न्यूनिकरण गर्न नयाँ समिति मार्फत यातायातसेवा संन्चालनमा ल्याउँनु परेको उनले बताए

जिल्लामा बिगत दशवर्ष देखि मुस्ताङ जिप तथा बस व्यवसायी समितिले एकल सेवा प्रदान गर्दे आएकोमा अव देखि श्रीमुक्तिनाथ दर्शन प्रा।लि।ले समेत यात्रुसेवा संन्चालन गर्ने तयारी गरेको हो । प्रा।लि।ले हालै कम्पनी ऐन २०६३ अनुसार कम्पनीको रजिष्टार कार्यालय त्रिपुरेश्वर काठमान्डौबाट १५७९९१ नम्वरमा दर्ता गरि बैधानिक स्विकृति लिएको छ भने पोखरा कार्यालयबाट ६०४३४६९४ पाना नम्वर समेत दत्र्ता गरेको छ ।
मुक्तिनाथ दर्शन यातायातले आफ्नो व्यवसाय दर्ता प्रक्रियाँ सके लगत्तै सेवा भरपर्दो र पारदर्शी बनाउन ७ सदस्य समिति गठन गरेको छ । समितिमा अध्यक्ष महेन्द्र थकाली,उपाध्यक्ष अनिल शेरचन,सचिव सोजन हिराचन र कोषाध्यक्षमा बिजय थकाली रहेका छन्।त्यस्तै सदस्यमा सुभक लालचन,बिरेन्द्र थकाली र तेजेन्द्र गौचन छन् ।


गठित समिति मार्फत जोमसोम पोखराका लागि चालक सहित १० सिट पास भएको ४० वटा टाटासुमो संन्चालनमा ल्याउँन लागेको हो।थोरै यात्रु भए पुग्ने उक्त सुमो सेवाले भरपर्दो र आरामदायी सेवा दिलाउँने कोषाध्यक्ष बिजय थकालीको भनाई छ ।उनले,यात्रुले घण्टौ कुर्नुपर्ने झन्झट र यात्रुको माग र चाहाना अनुसारको सेवा संन्चालन गर्ने तैयारी गरिएको बताए ।
गठित समितिले जोमसोम देखि पोखरा सम्मको एकतर्फी भाडाँ प्रति यात्रु रु।१६९० कायम गरेको छ । त्यस्तै कुनै पनि स्वदेशी तथा बिदेशी पर्यटकले तुरुन्तै रिर्जभ गरि जानुपरेमा रु।१५२१० भाडा तिरे पुग्नेछ ।


जिल्लामा हालसम्म आन्तरिक तथा बाह्य पर्यटकहरुलाई ३ थरिको भाडादर कायम गरिदै आएकोमा नयाँ सेवाले आन्तरिक तथा बाह्य पर्यटकलाई बिभेद नगरि समान भाडादर कायम गर्ने भएको छ। समितिले तोकेको यो भाडादर जिल्ला प्रशासन कार्यालयमा अनुमोदनका लागि लैजाने अध्यक्ष महेन्द्र थकालीले जानकारी दिए। उनले स्याउँको राजधानी भनेर चिनिने पर्यटकिय गाउँ मार्फा, म्याग्दीको रुप्से झरना ,तातोपानी कुण्ड र धार्मिक स्थल गलेश्वरधाम पर्यटकलाई १५ देखि २५ मिनेट सम्म अवलोकनका लागि समय उपलब्ध गराईने जानकारी दिए ।


मुक्तिनाथ दर्शन यातायातसेवाले हाल दिईएको सेवालाई हेरेर निकट भबिष्यमा कम्पनी मार्फत एसी तथा नन् एसी बससेवा संन्चालन गर्ने भएको छ ।

 

प्रमुख समाचार

भिडियो संग्रह