ताजा अपडेट :

‘मुलुकको समृद्धिका लागि कृषि कर्जालाई प्रोत्साहन’

‘मुलुकको समृद्धिका लागि कृषि कर्जालाई प्रोत्साहन’

मङ्सिर २६ , म्याग्दी
। नेपाल राष्ट्र बैँकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले मुलुकको समृद्धिका लागि कृषि कर्जालाई प्रोत्साहन गरिएको बताउनुभएको छ ।
नेपाल बैँक लिमिटेड म्याग्दीद्वारा आज सदरमुकाम बेनीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो – “कृषि क्षेत्रमा लाग्नेलाई प्रोत्साहन गर्न कृषि र विपन्न वर्ग कर्जालाई सरलीकरण गर्ने अभियानमा राष्ट्र बैँक लागिपरेको छ । ”शिवाकोटीले नेपालमा औद्योगिकभन्दा कृषि क्षेत्र बढी सम्भावनायुक्त देखिएकाले यस क्षेत्रको विकासका लागि कृषि कर्जा ल्याइएको उल्लेख गर्दै बैँकहरुलाई कुल लगानीको १५ प्रतिशत जलविद्युत् र कृषिमा कर्जा प्रवाह गर्नुपर्ने बाध्यकारी व्यवस्था बनाइएको बताउनुभयो ।


 ‘‘ कृषि क्षेत्रको व्यावसायीकरण गर्न सस्तो ब्याजदरमा कृषि र विपन्न कर्जा दिने गरिएको र यसमा हरेक वर्ष लगानी बढाउने नीति ल्याइएको छ,” उहाँले भन्नुभयो, “अहिले रु एक करोडसम्मको कर्जालाई मात्रै कृषि कर्जा मान्ने गरिएकामा त्यसको सीमितता हटाउन राष्ट्र बैँकले कार्यविधि संशोधन गर्न लागेको छ ।” एक फरक प्रसङ्गमा उहाँले भारतले पाँच सय र एक हजार दरका भारुमा लगाएको प्रतिबन्धले नेपालको वित्तीय क्षेत्र प्रभावित बनेको बताउँदै नेपालमा रहेका भारुलाई व्यवस्थापनका लागि एक व्यक्तिले पच्चीस हजारसम्म सटही गर्न पाउने व्यवस्था गर्न पहल भइरहेको जानकारी दिनुभयो ।

 

प्रमुख समाचार

भिडियो संग्रह