ताजा अपडेट :

वागलुङको बलेवा स्थित गणेश माध्यमिक विद्यालयले आयोजना गरेको श्रीमद् भागवत ज्ञान महायज्ञ


वागलुङको बलेवा स्थित गणेश माध्यमिक विद्यालयले आयोजना गरेको श्रीमद् भागवत ज्ञान महायज्ञ
मङ्सिर २६ , वागलुङ
वागलुङको बलेवा स्थित गणेश माध्यमिक विद्यालयले आयोजना गरेको श्रीमद् भागवत ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । महायज्ञ मुल आयोजक समितिले आज वागलुङ वजारमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिइएको हो । महायज्ञ मुल आयोजक समितिका सचिव एवं विद्यालयका प्रधानाध्यापक चुडामणी शर्माले दिएको जानकारी अनुसार १७ सय सदस्सिय उपसमीति गठन गरि विभिन्न खालका तयारीलाई अगाडी वढाईएको छ । महायज्ञमा ४ करोड ?पैयाँ संकलन गर्ने उदेश्य रहेको उहाँले बताउनुभयो ।

अहिले सम्म १ करोड ?पैयाँको प्रतिवद्धता समेत आईसकेको छ । आयोजकले विभिन्न सरकारी तथा गैह्रसरकारी निकाय, भूपू विद्यार्थी,समाजसेवी लगायत संग सहयोगको लागि आग्रह गरिएकाले लक्ष्य हासिल हुने जनाएको छ । महायज्ञवाट संकलन भएको रकम विद्यालयको शैक्षिक, भौतिक एवं विद्यार्थीह?का लागि नै खर्च गर्न लागिएको उहाँले बताउनुभयो । संकलन भएको रकमले गरिव तथा जेहेन्दार र समस्यामा परेका विद्यार्थीह?का लागि अक्षयकोष स्थापना गर्ने लक्ष्य राखिएको छ । महायज्ञको उद्योग मन्त्री नविन्द्रराज जोशीले उद्घाटन गर्ने जनाइएको छ ।

मंसिर २८ गते देखि पौष ५ गतेसम्म महायज्ञ आयोजना गरिएको छ । गुणस्तरिय शिक्षा हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ आयोजित महायज्ञ अन्तर्गत भोली जीप तथा मोटरसाईकल ¥यालीको आयोजना भएको मुल समितिका सचिव शर्माले जानकारी दिनुभयो । महायज्ञमा भागवत भाष्कर यूवा पण्डित कमलनयन गौतमले संगीतमय कथा प्रवचन गर्नुहुने जनाइएको छ । महायज्ञलाई सबैको साझा यज्ञको ?पमा सञ्चालन गर्न लागिएको मुल आयोजक समितिले जनाएको छ ।

प्रमुख समाचार

भिडियो संग्रह